Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सोहित, रिस्ता र प्रमोद अभिनित “अदृश्य” प्रदर्शनमा

काठमाडौंं
आज शुक्रवारबाट अभिनेता प्रमोद अग्रहरी, रिस्ता बस्नेत र सोहीत मानन्धरको मुख्य भूमिका रहेको चलचित्र ‘अदृश्य’ प्रदर्शनमा आएको छ । चलचित्रले पछिल्लो समय देशमा भइरहेका हत्या, हिंसा र बलात्कार जस्ता अपराधको कथा उठान गरेको छ । चलचित्र सिंगल प्रदर्शनको मौका पाएको छ ।

प्रल्हाद काफ्लेको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्रमा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रविन अधिकारी र रिकेश खत्री चलचित्रका सह–निर्माता हुन् ।

पिताम्बर फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।

राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको सिनेमाका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ । चलचित्रको डिजिटल अधिकार डिएआर मुभिजले खरिद गरेको छ।