Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

समीक्षाको ‘तिम्ले भुल्न सके पनि’

काठमाडौं
‘तिम्ले भुल्न सकेपनि मैले भुल्न सकिन भो
भमराझैँ छानीछानी फूलमा डुल्न सकिन भो
बैगुनीको मायाले धुरुधुरु रुने बनायो’
यि माथीका हरफहरु पन्ध्र वर्ष अघि प्रकाश के.सी.को शब्द, सन्तोष श्रेष्ठको सङ्गीत र कन्हैया सिंह परियारको स्वरमा सार्वजनिक भएको गीत हो ।

यो गीतलाई फेरि १५ वर्षपछि पुन रेकर्डिङ गरिएको छ। गीतका सर्जकले लामो अन्तरालपछि पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा गीत रेकर्ड गराएको हो ।

गीतमा सन्जिब बराइलीको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोमा गायिका अधिकारीले आफैँ अभिनय गरेकी छन् । भिडियोमा रामकुमार के.सी.को छायाङ्कन, पदम सुबेदीको सम्पादन रहेको छ भने निर्देशन सन्तोष राजबहाकले गरेका छन् ।