Sur Cinema

‘पल जेल जानुमा मेरो हात भए जिन्दगीभर पलको अगाडि मुख देखाउँदिन’- गरिमा शर्मा

काठमाडौं : मोडल तथा कलाकार गरिमा शर्माले पल जेल जानुमा आफ्नो कुनै हात नरहेको बताएकी छिन्। यतिबेला पल जेल बाहिर छन् तर जब पल जेल गएका थिए त्यतिबेला चाहिँ गरिमाको पनि हात रहेको भन्दै बजारमा हल्ला चलेको थियो।

यस् विषयमा भने गरिमाले हाल एक मिडियामा अन्तर्वार्ता दिँदै यदि पल शाह जेल जानुमा आफ्नो हात भए म जिन्दगीभर पल शाहको अगाडि आफ्नो अनुहार नदेखाउने बताएकी छिन्। ‘यदि उक्त केसमा मेरो हात पनि छ है भनेर पल जिले मेरो अगाडि भन्नुभयो भने म उहाँसँग जिन्दगीभर कुनै काम गर्दिन’, उनले भनेकी छिन्, ‘यदि मेरो हात रहेको प्रमाणित भयो भने म उहाँको अगाडी जिन्दगीभर मुख देखाउँदिन।’

पलको बारेमा गरिमाले यस्तो अभिव्यक्ति दिएपछि यतिबेला फ़ेरि गरिमाको चर्चा हुन थालेको छ। पलको बारेमा बोलेका भिडियो क्लिप्सहरु टिकटकमा भाइरल समेत हुन थालेका छन्। धेरैले विभिन्न खाले प्रतिक्रिया दिइरहेका छन्।

त्यतिबेला गरिमाले समिक्षाको साथ दिँदै विभिन्न स्टाटस लेखेकी थिइन्। सायद त्यही भएर पनि होला पलका समर्थकले गरिमालाई औधी गाली गरेका थिए। त्यतिबेला नै गरिमाले पलसँग आइन्दा काम नगर्ने बताएकी थिइन्।