Sur Cinema

फ्लोरमा “हात्तिछाप”

काठमाडौं
  किरण नेपालीको निर्माण तथा सिमोस सुनुवारको निर्देशन रहने सिनेमा ‘हात्तीछाप’को छायांकन असार २४गते आइतबारबाट सुरु भएको छ । बालकुमारीको एक ग्यारेजमा क्यामेरा पुजा गर्दै छायान्कन सुरु भएको जानकारी टिमले दिएको छ । एक महिना खिचिने सिनेमाको छायांकन १५ दिन काठमाडौं र १५ दिन पोखरामा हुनेछ ।

‘हात्तीछाप’मा प्रदीप भारद्धाजको लेखन, सुशान्त प्रजापतिको छायांकन छ । सिनेमामा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, बिजय बराल, विल्सन विक्रम राई, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई लगायतका कलाकारको अभिनय रहनेछ ।

नायिका बेनिशा हमालले पहिलो पटक दयाहाङसँग काम गर्न पाउँदा आफू अत्यन्तै उत्साहित रहेको बताइन् । नायक दयाहाङ राईले सिनेमाको कन्सेप्ट आफूलाई निकै मन परेकाले काम गर्न लागेको बताए ।

यसअघि किरण नेपालीको निर्माणमै बनेको सिनेमा ‘२ नम्बरी’मा दया, सौगात र उपासनाले काम गरेका थिए । यो सिनेमा हिट भएपछि किरणले ‘हात्तीछाप’को निर्माण सुरु गरेका हुन् ।