Sur Cinema

सरकारलाई पलको आग्रह- ‘स्कुलको पाठ्यक्रममा कानुन विषय पनि राख्नुपर्‍यो’

काठमाडौं : अभिनेता तथा मोडल पल शाहले स्कुल लेभलको पाठ्यक्रममा कानुन विषय पनि समाबेश गर्न आग्रह गरेका छन्। कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘ह्वाट द फ्लप’मा अन्तर्वार्ता दिनेक्रममा पलले नेपाल सरकार सामु उक्त आग्रह गरेका हुन्।

यदि स्कुल लेभलबाटै विद्यार्थीहरुलाई कानुन सम्बन्धि पठाइयो भने कुन नराम्रो काम गर्दा कुन कानुन लाग्छ भन्ने थाहा हुने र सतर्क रहन टेवा पुग्ने पलको भनाइ छ। कानुनको बारेमा थाहा नहुँदा धेरैजना अन्जानमा जेल जीवन विताउन बाध्य रहेको पलले बताए।

साथै पलले आफू जेलमा रहँदाको अनुभव समेत उक्त कार्यक्रममा सुनाएका छन्। जेल जीवनले निकै ठूलो पाठ र ज्ञान सिकाएको पलले बताए।