Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

यूएईमा बसेर मोडलिङमा सक्रिय निशानको ‘मेरो हजुर’ सार्वजनिक

काठमाडौं
युएईमा बस्दै आएका मोडल निशान थापा मोडलिङमा सक्रिय छन् । नेपाल आएको समयमा होस् या यूएई मै, उनि म्यूजिक भिडियोमा देखा परिरहेका हुन्छन् ।

कलाक्षेत्रमा सानै देखि रुचि भएका थापाको नयाँ म्यूजिक भिडियो “मेरो हजुर” सार्वजनिक भएको छ । गीतकार प्रमिला बस्नेतको शब्द तथा चर्चित गायीका रचना रिमालको आवाज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा बिकाश चौधरीले संगीत भरेका छन ।

दयाराम घिमिरेको निर्देशन रहेको यो भिडियो यूएई र नेपालमा छायांकन गरिएको छ । गीतमा थापालाइ निशा पाख्रिन तामाङ र बालकलाकार हार्दिकता घिमिरेले साथ दिएका छन् ।
बालबच्चा , बृद्ध आमाबुवा र श्रीमतीलाइ छोडि परदेशिएका युवाको कथालाइ मर्मस्पर्सी ढंगले गीतमा प्रस्तुत गरिएको छ ।