Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘जय हो’को पुरानै शैलीको फर्स्टलुक पोस्टर

काठमाडौं : सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमा ‘जय हो’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ। बिहीबार निर्माण टिमले सिनेमाका दुईवटा फरकफरक फर्स्टलुक पोस्टर रिलिज गरेको हो।

सार्वजनिक दुई पोस्टरमा फिल्मका मुख्य कलाकार सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङलाई देख्न सकिन्छ।

दोस्रो पोस्टरको कुरा गर्नुपर्दा मुस्ताङमा प्रचलित स्थानीय गुरुङ पहिरनमा माओत्से गुरुङ र निशा अधिकारी सजिएका छन्। यो सिनेमाका मुख्य कलाकार भनिएका अभिनेता सलोन बस्नेत चाहिँ लामो जुँगा र कपालमा प्रस्तुत छन्। त्यसो त केकी अधिकारी पनि बुलाकीसहित देखिएकी छिन्। अर्पण थापाको लुक्स चाहिँ घाइते अवस्थाको छ।

तर सार्वजनिक दुबै पोस्टर त्यति आकर्षक चाहिँ लाग्दैनन्। किनकी दर्शकले चाहिँ अझै आकर्षक पोस्टरको अपेक्षा गरेका थिए। यि पोस्टरहरु झट्ट हेर्दा पुरानै शैलीका झैं देखिन्छन्। किनकी पोस्टरमा सबै कलाकारको टाउको अटाइएको छ। अनि अर्को कुरा यति धेरै मिहेनत गरिएको सिनेमाको फर्स्टलुक पोस्टर कमसल हुन् कि भन्ने आभाष पनि हुन्छ। जे होस्, सिनेमाको केही भाव चाहिँ पोस्टरले झल्काएको छ।

यो सिनेमा आगामी भदौ ८ गतेबाट रिलिज हुँदैछ। सिनेमाका प्रस्तुतकर्ता शोभित बस्नेत हुन्। राज के अधिकारी र सुरज सरकारको लगानी रहेको सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन् ।
सिनेमालाई सौरभ लामाले खिचेका हुन्।