Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

भ्युज बटुल्न पलका पछि !

काठमाडौँ
    चलचित्र पत्रकार सङ्घको चौबिसौ वार्षिकोत्सव चल्दै थियो । केही सर्प्राइज लिएर आएको उद्घोषकले सुरुवात मै उद्घोष गरे । के होला त त्यो सर्प्राइज ? जिज्ञासा नबढेको होइन । नायक पल शाह केही आसेपासे सहित हलमा आए । उनै रहेछन् कार्यक्रमको सर्प्राइज ।
 
कार्यक्रम चल्दै थियो । तर पलको अनुहार देखेर ९० प्रतिशत क्यामेरा उनै तिर फर्किए । यता महत्त्वपूर्ण कुरा बोलिँदै थियो । तर भ्युजको लोभमा सबैको क्यामेरा पल तिर मोडियो । मोडियो पनि के भन्नू सोरियो । 

उनी आए, केही सम्मानित व्यक्तित्वलाई सम्मान पत्र प्रदान गरे र निस्किए । क्यामेरा अन्तमा मञ्च तिर  तानियो । बिचमा के भयो क्यामेरा बोकेको भिडलाई पत्तै भएन । 

खैर, बलात्कार आरोपमा जेल परेका उनी अपराधी प्रमाणित हुन नसकेर बाहिर छन् । उनैलाई कार्यक्रममा सर्प्राइज भनिइयो । उच्च आदर दिइयो र क्यामेरा उनकै अघि पछि किन त  ?
सम्भवतः भ्युज कै लागि । हैन भने हिजो सम्म बलात्कारीलाई फाँसी दे भन्दै सामाजिक सञ्जाल र चिया गफमा भुल्नेहरु उनकै पछि क्यामेरा दौडाउदै र सम्मान थाप्दै खिच्दै थिए ।

त्यसकारण उनका पछि परेका क्यामेरा भ्युज कै लागि मात्रै हुन भन्दा फरक नपर्ला । किनकि उनका कमब्याक पस्चातका भिडियोले दर्शकलाई खासै छोएको देखिएको छैन। भ्युज मायालाग्दो स्थितिमा छ । तर भिडियो खिचेर युट्युबमा हाल्नेहरूलाई मसला मात्रै बन्दै आएका छन् उनी।