Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘नम्बरी सुन’ को शीर्ष गीत सार्बजनिक

काठमाडौँ ।
   राजु गिरीको निर्देशिनमा बनेको सिनेमा ‘नम्बरी सुन’को पहिलो गीत सार्वजनिक गरिएको छ । भदौ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘नम्बरी सुन’को शीर्ष गीतमा राजेश पायल राई र शान्ति श्री को स्वर सुन्न सकिन्छ । नारायण खातीको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको उक्त गीत सोमवार दिउँसो राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

नारायण खातीको कथा तथा प्रस्तुति रहेको सिनेमामा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायत कलाकारको अभिनय छ । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर निर्माण गरेका हुन् ।

अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, रामजी लामिछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायाङ्कन, देव महर्जनको द्वन्द्व रहेको सिनेमामा गौतम राज खड्काको सम्पादन रहेको छ । सिनेमालाई काठमाडौँ उपत्यका भित्र जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।