Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

बोर्ड अध्यक्षप्रति दिपकराज गिरीको असन्तुष्टि !

काठमाडौं : चलचित्र विकास बोर्डले सार्वजनिक गरेको छक्कापन्जा ४ को हिसाब (ग्रस कलेक्सन) गलत भएको भन्दै यस्का निर्माता तथा कलाकार दिपकराज गिरीले अध्यक्ष भुवन के. सि प्रती नै असन्तुष्टी ब्यक्त गरेका छन् ।

भुवन केसीप्रति आक्रोश व्यक्त गर्दै उनी भन्छन “चलचित्र बिकाश बोर्डमा भुवन केसी आएदेखि नै लफडा भएको छ।” उनको यो भनाइ आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत व्यक्त गरेका हुन् ।

यस किसिमका असन्तुष्टिहरु पहिलो भने होइनन्। यस अघि पनि धेरै ले भुवन केसीप्रति आक्रोश र असन्तुष्टि पोखेको पाइएको छ । चाहे त्यो “प्रकाश” प्रदर्शनको समय होस या “प्रेम गीत ४” प्रदर्शनको समय । चलचित्रका नायक प्रदिप खड्का लगायतले सिनेमा चल्ने मुखमै आएर विकास बोर्डले मनोपली हिसाब मा नियम बनाएकोमा आक्रोश व्यक्त गरेका थिए।

” किन यस्तो हुन्छ भुवन दाइ ?”