Sur Cinema

Edit Content

ताजा अपडेट

‘बहाव’को प्रचारप्रसारमा व्यस्त सुरक्षा

काठमाडौं : आगामी चैत्र २४ गतेबाट सिनेमा ‘बहाव’ प्रदर्शनमा आउँदैछ। सिनेमाकी मुख्य कलाकार हुन् अभिनेत्री सुरक्षा पन्त। यही सिनेमाको लागि भनेर सुरक्षा यतिबेला निकै व्यस्त बनेकी छिन्।

प्रदर्शनको मिति नजिकिँदै गर्दा प्रचारप्रसारमा सुरक्षाको व्यस्तता निकै बढ्दो छ। यति सम्म कि ‘बहाव’कै लागि भनेर सुरक्षाले राम्रोसँग आफ्नो वैवाहिक जीवनलाई व्यतीत गर्न पाएकी छैनन्।

हाल विभिन्न मिडियामा सुरक्षाले ‘बहाव’को बारेमा अन्तर्वार्ता दिइरहेकी छिन्। यो सिनेमालाई लिएर आफू निकै आशावादी रहेको सुरक्षा बताउँछिन् ।

त्यसो त, सुरक्षा आफ्ना हरेक सिनेमा विशेष रहने बताउछिन् । यद्यपि, ‘बहाव’ निकै विशेष रहेको सुरक्षाको भनाइ छ। आफ्नो क्यारेक्टरलाई लिएर निकै मिहेनत गरेको उनको अनुभव छ।

यो सिनेमामा प्रेम, विद्रोह र बदलाको क्यारेक्टर सुरक्षाले निर्वाह गरेकी छिन्। प्रमोद कँडेलले यो सिनेमालाई निर्देशन गरेका हुन्। सिनेमामा सुरक्षाका अलावा कमलमणी नेपाल, अफ्रान अलि, सुर्य शर्मा भट्ट लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।

स्वर्णिम इन्टरटेन्मेन्ट र योङ स्टार सिनेमाको व्यानरमा निर्माण भएको यस् सिनेमामा प्रमोद कँडेलकै कथा र लेखन रहेको छ। सिनेमालाई कात्तिले स्मिता कर्णतकले खिचेका हुन्।भने, सुजन बादलले सम्पादन गरेका छन् ।

सिनेमाका निर्माता श्रीधर पौडेल हुन् । पोस्टर आउट भएसँगै एक खालको चर्चा बटुलेको यो सिनेमाको चर्चा टिजर र ट्रेलर रिलिजपछि झन् चुलिएको छ।

हाल यो सिनेमाको ‘खैनी होइन चुरोट’ बोलको डायलग सामाजिक संजाल टिकटक लगायतका निकै भाइरल छ। धेरैले यो डायलग रुचाएका छन्।

तर सिनेमालाई कत्तिको रुचाउने हुन् त्यो त प्रदर्शन मिति कुर्नै पर्छ। यो सिनेमासँगै एउटै मितिमा अर्को सिनेमा ‘प्रसाद २’ पनि प्रदर्शनमा आउँदैछ। त्यसैले पनि ‘बहाव’को शो’मा कमी आउने होकि भन्ने आँकलन गरिएको छ। यद्यपि, सिनेमानै राम्रो रहेछ भने त दर्शकको संख्या बढे लगत्तै शो पनि बढ्ने पक्का छ।