Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘कामिनो’ : यि हुन् अनुबन्धित फाइनल कलाकार

काठमाडौं : दीपक ओलीको निर्देशनमा निर्माण हुने सिनेमा ‘कामिनो’को लागि कलाकार चयन कार्य सकिएको छ। यो सिनेमामा प्रदिप खड्का, वर्षा शिवाकोटी, नीति शाह हुँदै राजबल्लभ कोइराला अनि शुक्रबार मात्रै अर्का अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् ।

निर्माण पक्षले सोमबार ‘कामिनो’ मा भोलाराज सापकोटा, प्रविण खतिवडा, रबिन्द्र झा, कुलदीप अधिकारी र आइपी आचार्यलाई अनुबन्ध गरेसँगै नेपाली कलाकारको ‘लाइन अप’ पूरा भएको जनाएको छ ।

एक्सेस नेपाल फिल्मस्को निर्माण, पूर्ण लामा कृएटिभ डिरेक्टर र सुनील बिष्ट गौली कार्यकारी निर्माता रहेको चलचित्रको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । नेपाल र ल्याटिन अमेरिकाका बिबिध स्थानमा छायांकन हुने चलचित्रको प्रमुख नेपाली कलाकार फाइनल भए तापनि एक जना भारतीय र एकजना ब्राजिलेयिन कलाकार भने छनौट गर्न बाँकी रहेको बताइन्छ ।

‘प्रमुख नेपाली कलाकार चयन कार्य सकिएको छ,’ निर्देशक ओलीेले भन्नुभयो, ‘बाँकी बिदेशी कलाकार पनि केही दिनमै फाइनल गर्छाै ।’ वैशाख दोस्रो साताबाट छायांकन सुरु गरिने चलचित्रको हाल ओर्कसप कार्य भइरहेको छ । सौरभ लामाले खिच्ने चलचित्रमा एसडि योगी र अलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइन छ ।

दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमाको सहायक निर्देशकमा सागर श्रेष्ठ छन् । स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् ।