Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

दीपकराज निर्देशित ‘अलिकति’ सार्वजनिक

काठमाडौं : सफल युवा निर्देशक दीपकराज सुनार निर्देशित म्युजिक भिडियो ‘अलिकति’ सार्वजनिक भएको छ । भिडियोमा समावेश गीतमा गायिका बानीका प्रधान र रोशा फुयालको सुमधुर स्वर रहेको छ।

बालमनोविज्ञानलाई प्रस्तुत गरिएको गीतमा लोकप्रिय गीतकार हर्क साउदको शब्द रचना र कल्याण सिंहको संगीत रहेको छ भने गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन् ।

गीतको भावअनुसार भिडियोलाई त्यतिकै सबल र सक्षम बनाउन सफल देखिएका छन् निर्देशक सुनार। बालकलाकार अपेक्षा शेरचनको जिवन्त अभिनयले गर्दा भिडियो दमदार बनेको छ । अपेक्षाको आमाको भूमिकामा देखिएकी छिन् मोडेल सिर्जना घिमिरे

सिनियर सिनेमाटोग्राफर हरि घलेको छायांकन ,कमल एक्चाई मगरको सम्पादन, सिद्धान्त शर्मा पौडेलको ब्यबस्थापनमा बनेको भिडियोलाइ निर्मात्री उर्मिला शेरचन (अनु )ले निर्माण गरेकी हुन् ।

ट्रिनिटी डान्स स्टुडियोको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो । थुप्रै चलचित्रमा कोरियोग्राफी गरिसकेका निर्देशक दीपकराजको निर्देशनमा यसअघि दर्जनौ म्युजिक भिडियोहरु सार्वजनिक भइसकेका छन ।