Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण

काठमाडौं : गितारिस्ट एवम् गायक सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण गरिएको छ । शुक्रबार ठमेलमा एक विशेष समारोहबीच वरिष्ठ सङ्गीतकार किशोर गुरुङको प्रमुख आतिथ्यतामा उक्त पुस्तक लोकार्पण गरिएको हो । पुस्तकका लेखक सुनिल गुरुङ, ज्योति घिमिरे, एम शाही, गौरव शर्मा, ओम शाही, विक्रम थापालगायतले पुस्तकको लोकार्पण गर्नुभएको हो ।

यो पुस्तक गितार सिक्न चाहनेका लागि एकदमै उपयोगी रहेको प्रमुख अतिथिहरूले बताउनुभयो । उहाँहरूले गितार सिक्न चाहनेका लागि यस्तो खालको पुस्तक नेपाली पाठकमाझ नआएकाले यो धेरै उपयोगी हुने बताउनुभयो ।

सुनिल गुरुङ पुरानो पुस्ताको गायक तथा गितारिस्ट हुनुहुन्छ । उहाँले सन् १९८२ मा स्ट्रिङ्गस ब्याण्ड खोल्नुभएको थियो । यो ब्याण्डमा उहाँसँगै सुमन लामा, सुदेश देवान, निर्मल देवान, गौरव शर्मा र तिलक थापा मगर रहनुभएको थियो । यो ब्याण्डले थुप्रै गीत(संगीत बजारमा ल्याएको छ । ठमेलमा लाइभ म्युजिक गर्ने यो पहिलो ब्याण्ड थियो । यस ब्याण्डमा पछि वासु खड्का, सुनिल सिंह, प्रवीन श्रेष्ठ, सोनम श्रेष्ठ रहनुभयो भने अहिले सरोज शाहीले यसलाई अगाडि बढाइरहनुभएको छ । यसमा अहिले सरोजसँगै दिपक प्रधान, कुन्दन जोशी, शरण देउला र सौरभराज जोशी हुनुहुन्छ ।

सुनिल यतिबेला बेलायतमा बस्दै आउनुभएको छ । नेपाल आएको छोटो समयमा ब्याण्डका साथीसँग भेटघाट र पुस्तक प्रकाशन गरेको उहाँले बताउनुभयो । पुस्तक समारोहमा उहाँका पुराना साथीभाइ र गीत(संगीतका व्यक्तित्वका साथै सञ्चारकर्मीको उपस्थिति थियो ।