काठमाडौं
मानिस परिस्थितीलाई आफ्नो फाइदाको लागि जसरी पनि प्रयोग गर्न जान्दछ । अझ सामाजिम सन्जालमा त के कुरा गर्नु पहिरन फेरे झै सिद्धान्त र समर्थन फेरिएको देख्न सकिन्छ ।
एक संजाल प्रयोगकर्ताले यो बिषयमा मज्जाको स्ट्याटस लेखेका छन । सन्जाल प्रयोगकर्ता दुर्गा पङेनी लेख्छन,“अचम्मको चलन चल्न थाल्यो फेसबुकमा ! कसैको देहान्त पछी उसलाई श्रद्धान्जली दिँदा समेत “म कति आत्मिय या मृतक संग कति नजिक थिएँ” भनेर प्रमाणित गर्नै पर्ने हुन थाल्यो ! आधुनिक भनिएका मान्छेहरूले नै मृतक संगको “च्याट हिष्ट्री” राखेर श्रद्धासुमन अर्पण गर्ने होड नै चलाएका छन ! कुनदिन देखी “आत्मियताको पराकाष्ठा नाघेको आफ्नो फोटो” पनि संगै राखेर पुष्पगुच्छा अर्पण गर्ने हुन त्यो हेर्न बाँकी रह्यो !”

यस्तै घटना सिने जगतमा देख्न पाइन्छ । तर आज हामी मृत्यु सम्म नपुगी जेल गएका एक ब्यक्तीलाई प्रयोग गरेर आत्मियता देखाउने खोक्रो प्रयासको चर्चा गर्दै छौ । उक्त घटनामा धेरै कलाकर्मीले आफ्नो फाइदाका लागि सामाजिक संजालमा बिचार दिए ।
पल शाह एक बर्ष जेल बस्दा धेरैले धेरै तरहले फाइदा लिए । निर्माताले पललाई साइन गर्ने बताए । निर्देशकले साइन नै गरिसकेको भन्दै खबर छपाए । नायिका पल बिना सिनेमा नै नगर्ने भन्न थालिन । स्कृप्ट राइटर त स्कृप्टको चाङ बोकेर कारागार पुगे । कतिले सोही कथामा स्कृप्ट तयार गरेको भन्न भ्याए । गीत संगीत केके हो केके । युट्युवरको त के कुरा गर्नु धेरैले नया च्यानल खोलेर मोनिटाइज नै गर्न भ्याए ।
तर पलले बाहिर आएर सबैलाई हेरेको हेरेइ बनाए । उनले आफ्नो पारिश्रमिक दोब्बर बनाए । सिनेमामा त उनले आधा करोड लिने बताए । म्युजिक भिडियोमा डेढ लाख लिदै आएकोमा कम्तिमा उनले तीन लाख लिन थालेको चर्चा छ ।
सिनेमाको लगभग पुरै बजेट उनको पारिश्रमिक बनेको छ । त्यो देखेर मेकर्स डराए । नायिकाले जन्मदिन विस नै डिलिट गरेको खबर भाइरल भयो । धेरैले खुलेर नबताए पनि मेकर्स आतिएको भने पक्कै हो । सामाजिक सन्जालमा उनका समाचारमा आउने टिप्पणीले पनि त्यस्तै देखाउछ । अब त अझ उनले सेयर सहितको पारिश्रमिकमा सिनेमा खेल्ने रे ।
अभिनयमा फर्किदै गर्दा यसरी मेकर्स तर्साउन त नहुने हो पलले । तर अब एक बर्षको घाटा पनि त उठाउनु नै छ । खैर, उनले मेकर्स गज्जबले तर्साएका छन ।