Sur Cinema

Edit Content

ताजा अपडेट

‘प्रसाद २’ को गीत ‘मार्सी धान’ : केकी र विपिनको छमछमी नृत्य

काठमाडौं : सुदर्शन थापा निर्देशित सिनेमा ‘प्रसाद २’को पहिलो गीत रिलिज गरिएको छ। मंगलबार निर्माण टिमले ‘मार्सी चामल’ बोलको गीत रिलिज गरेको हो।

गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको आवाज रहेको छ। शब्द र संगीत भने गीतमा राजनराज शिवाकोटीकै रहेको छ।

लोक शैलीमा आधारित गीतले सुन्ने जोकोहीको ध्यान खिच्छ। डान्सिङ प्याटर्नमा आधारित गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको आकर्षक नृत्य रहेको छ।

त्यसो त, यसै सिनेमाका मुख्य कलाकार विपिन कार्की र केकी अधिकारी पनि गीतको भिडियोमा छमछमी नाचेका छन्। भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन् ।

यो सिनेमा आगामी चैत्र २४ गतेबाट प्रदर्शनमा आउँदैछ। सिनेमामा विपिन र केकीका अलावा अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको पनि अभिनय रहेको छ।

सिनेमालाई राजेश श्रेष्ठले खिचेका हुन् ।भने, मिलन श्रेष्ठले सम्पादन गरेका छन् । सुशील पौडेलले सिनेमाको कथा लेखेका हुन् । सुदर्शन बस्नेतको लगानीमा बनेको फिल्मको प्रस्तुतकर्ता सुभाष थापा हुन् ।

यो सिनेमाले बक्स अफिसमा राम्रो व्यापार गर्ने आँकलन गरिएको छ। ट्रेलरबाटै सिनेमाले दर्शकको मन जितिसकेको छ। अहिले ट्रेलरमा समावेश यस् सिनेमाको डाइलग टिकटकमा निकै रुचाइएको छ।