काठमाडौं : मुलधारका कलाकारहरुको बाक्लो उपस्थिती देखिए पनि नेपाल चलचित्र कलाकार संघको यसपटकको चुनाव पनि अछुतो नरहेको गाईगुइ उपस्थित समुहमा सुनियो।
चिनिएका कलाकार हरुको उपस्थितीले संघ प्रतिको आकर्षण बलियो देखिदै गर्दा नचिनिएका कलाकार ( काचका पर्दाका नि हुन सक्छन) हरुबाट सेपिलो बनेको बुझियो। अपरान्ह ३ बजेबाट आरम्भ भएको मतदान साझ ६ बजे सकिएको थियो।
मतदानमा सहभागी हुन शिव श्रेष्ठ,भुवन केसी, गौरी मल्ल, करिश्मा मानन्धर देखि दिपकराज गिरि , दिपा श्री निरौला, दयाहाङ्ग राई, रेखा थापा, रिमा बिश्वकर्मा, रिचा शर्मा पुजा शर्मा,शिल्पा पोख्रेल लगायतको बाक्लो उपस्थिती रह्यो। अध्यक्ष पदमा मोहन निरौला र रेजिना उप्रेती को कडा प्रतिस्पर्धा हुँदै गर्दा यो समाचार तयार पार्दा सम्म मोहन निरौला पक्ष को मत को पल्ला भारी भएको यदा कदा गाई गुइ पनि सुनिन्थ्यो।
“प्रतिस्पर्धामा नै कलाकारितामा कम प्रोफाइल भएकाको सहभागितामा उल्लेख्य उपस्थिती रहदै गर्दा त्यस्को बाछिटा मतदाताहरुमा पनि देखिनु स्वभाबिक नै हो। कहलिएका कलाकारहरु पनि शुरु मा नया नै थिए, अहिले नया अनुहार देखिनु स्वभाबिक नै हो” भन्ने गुन्जाएस पनि रह्यो।
वरिष्ठ कलाकार नीर शाह को प्रमुख आतिथ्यमा सम्पन्न पहिलो सत्र मा भर्चुवल माध्यम द्वारा चन्द्रागिरी मा भएको कलाकार संघ को आफ्नै नयाँ भवन को पनि उद्घाटन गरिएको थियो ।
दिन रात नभनी परिवारलाइ पनि बिर्सिएर कलाकारहरुको हितमा अहोरात्र खटिएको स्मरण गराउदै अध्यक्ष रबिन्द्र खड्काले “आउने दिन नया कार्यसमितीबाट आफुले कबोल गरेको तर थाती रहेका काम हरु पूरा हुनेछ” भन्ने बिश्वास ब्यक्त गरेका थिए। अहिले मतगणना जारी छ।