Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

निर्देशक प्रताप सुब्बाको निधन

काठमाडौं । निर्देशक प्रताप सुब्बाको निधन भएको छ । दार्जिलिङमा बस्दै आएका उनको उपचारको क्रममा बिहीबार विहान ७५ वर्षको उमेरमा निधन भएको हो । सन् १९४७ मा दार्जिलिङमा जन्मिएका सुब्बाले ७ वटा फिचर फिल्म, ६ वटा वृतचित्र, ५ वटा भिडियो फिल्म, १३ वटा टेलिफिल्म र ५ वटा नाटकको निर्माण तथा निर्देशन गरेका छन् ।

दार्जिलिङबाट ‘परालको आगो’ बनाएका प्रताप सुब्बाले ‘बाँच्ने चाहने’, ‘कहीँ अँध्यारो कहीँ उज्यालो’, ‘भीष्म प्रतिज्ञा’ जस्ता फिल्मको निर्देशन गरेका छन् । ‘परालको आगो’ नेपालबाहिर बनेको पहिलो मौलिक फिल्म थियो । ४० को दशकमा नेपाल आएका सुब्बा केही फिल्म र टेलिफिल्म बनाएर ५० को दशकमा दार्जिलिङ फर्किए । त्यसपछि उनले फिल्म निर्माण तथा निर्देशन गरेका छैनन् ।