Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को तयारी पूरा

काठमाडौं : ‘छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को तयारी पूरा गरिएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै बुधबार आयोजक टिमले निफको तयारी पूरा भएको औपचारिक जानकारी दिएको हो।

भोली बिहीबार अर्थात चैत २ देखि ६ गते (मार्च १६-२० ) सम्म छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) संचालन हुनेछ।

‘विश्वभरीका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारासहित सुरु हुन गईरहेको ‘निफ’को समुद्घाटन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने बताइएको छ।

त्यस्तै, निफको समापन भने संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीबाट हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार ५५ देशबाट आएका ५ सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताकालागि छनौट गरिएको छ।

सम्पूर्ण चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित चारवटा अत्याधुनिक सिनेमा हलहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलबाट हुनेछन् ।

संसारभरीका प्रतिनिधि चलचित्रलाई आफ्नै आँगनमा हेर्न पाउने यो अवसरबाट कलाकर्मी तथा कलाअनुरागी कोहीपनि बन्चित हुन नपरोस् भनेर प्रदर्शनको दायरालाई फराकिलो पारेको आयोजकको भनाइ छ।

छैटौं निफको ‘ओपनिङ फिल्म को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ । अप्रतियोगी) प्रदर्शन हुने छ । त्यसैगरी माथि उल्लेखित सिनेमा हलहरुमा टिकट खुला भएको र खल्ती एप मार्फत टिकट बुकिङ गर्न सकिने बताइएको छ।

निफमा विगतमा झैँ यस पटकपनि ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको विधा समावेश छन् ।

यस पटकको निफमा समेत रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिईएको छ । चलचित्र क्षेत्र र सम्बन्धित विधाका विज्ञहरुले विभिन्न सेसनमा उल्लेख्य सहभागिता जनाउने छन् ।