Sur Cinema

Edit Content

ताजा अपडेट

‘छक्का पन्जा ४’को ‘दर्शन सलाम’ गीत : छोटो समयमै करोड बढी हेरियो

काठमाडौं : हाल प्रदर्शनरत सिनेमा ‘छक्का पन्जा ४’को गीत करोड क्लबमा प्रवेश गरेको छ। रिलिज भएको १ महिनाको अवधिमा ‘दर्शन सलाम’ बोलको गीतलाई युट्युबमा करोड बढी हेरिएको हो।

गीतमा डेविड शंकर र सहिमा श्रेष्ठको आवाज रहेको छ। राजेन्द्र थापाले लेखेको यो गीतमा दिपक शर्माको संगीत छ। गीतले रिलिज भएदेखि हालसम्म दर्शक स्रोताको निकै माया पाएको छ।

यो गीतको भिडियोमा नायिका स्वातिमा खड्का, राज श्रेष्ठ, दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे लगायतका कलाकार छमछमी नाँचेका छन् ।

यता, हलमा ‘छक्का पन्जा ४’ले पनि एकछत्र राज गर्न सफल भएको छ। रिलिज भएको दिन देखि नै यो सिनेमा अधिकांश हलहरुमा हाउसफुल छ।

कमेडी र राजनीति बेथितिको बारेमा बनेको ‘छक्का पन्जा ४’ मा दिपकराज गिरीको कथा र लेखन रहेको छ। सिनेमालाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।

यो सिनेमाका कार्यकारी निर्मातामा केदार घिमिरे र निर्मल शर्मा रहेका छन् । त्यस्तै, दिपेन्द्र खानिया र केशव न्यौपाने निर्मातामा रहेका छन् ।

सिनेमामा दिपकराज गिरी, दिपाश्री निरौला, बेनिशा हमाल, राज आचार्य, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ।