Sur Cinema

Edit Content

ताजा अपडेट

छक्का पन्जा चारको एक छत्र राज

काठमाडौं
न त कल्पना को दुनियामा लैजान सक्ने ल्याकत, न त मन र मस्तिष्कमा तरङ्ग उत्पन्न गराउन सक्ने हैसियत नै राखे हाम्रा  नेपाली सिनेकर्मीहरुले  । तर यही फर्मुलाको मध्यमार्गी बाटो हुँदै यात्रा तय गरिरहेको छक्का पन्जाको चौथो श्रीङ्खलाले अहिले सिने बजारमा राज गरिरहेको छ । किन चल्यो छक्का पन्जा ? सिने बजारमा आइरहेका सिनेमाहरु अपबादलाई छोडेर हेर्ने हो भने न यताका भए न उताका । हाम्रा मेकर हरु सतहि प्रस्तुतीमा रमाउने चाहका कारण अहिले सिने नगरी एक्लिएको छ भन्दा फरक नपर्ला  ।
बग्रेल्ती खोलिएका संघहरु मार्फत न त गतिला मार्गदर्शन   नै पाएको छ, न त अग्रज र अनुभविको हैसियतले दिइने सल्लाह सुझाव नै।  मियो बिनाको सुर  भएका कारण असरल्ल छरियो हाम्रो  सिनेमा, सिद्धान्त र यस्का नियमहरु । फलत: सिनेमाको सुन्दरता, ब्याकरण र नियमलाई तिलान्जली दिदै मनलाग्दी भै  दिए।  मनका ब्यक्तिगत रहरलाई मात्र पोखाउने भुमी बनिदियो सिनेमाको पर्दा । फलस्वरुप नेपाली सिनेमा प्रती को मोह छोटिदै गयो।
अब कुरो गरौ छक्का पन्जा चारको ! विभिन्न बहानामा किन नहोस, जुन सुकै  नियतीले गाजिरहेको हाम्रो जीवन शैली र त्यस्को उकुसमुकुस बाट बाहिर निस्कने ठाउँ खोजी रहेका सिने पारखी लाई  ” छक्का पन्जा ” को चौथो श्रीङ्खला  “योग” को साधन ठानियो । हास्न, रमाउन अनि आफ्ना परिवारलाइ अल्मल्याउने   बहानाको खोजीमा थिए दर्शक हरु । विभिन्न मनोरन्जनको प्लेटफर्म मध्य उत्कृष्ट माध्यम थियो सिनेमाको पर्दा। छक्का पन्जा  सिने पारखीहरुका लागि एउटा सशक्त  माध्यम बन्यो । परिवार सङ्ग होस या साथिभाइ सङ्ग, खुलेर हल सम्म जाने बातावरण अघिल्ला श्रीङ्खलाले पहिले नै तय गरि सकेका थिए । सोही अनुरुप चौथो श्रीङ्खला बजारमा आयो ।र, दर्शकहरुमा एकै छिन भए पनि अलग मनोबिज्ञानमा समय साट्ने माहोल श्रीजना गरिदियो!

छक्का पन्जा चार किन चल्यो त? 
राजनितीक  दाउपेचका समाचारबाट आक्रान्त जनता आफैले चुनेका र अल्छे कर्मचारीहरुलाइ नजिकबाट चिहाउन चाहन्थे। राम बिलास धनियाको पछिल्लो, हसिलो अभिनय होस या  माग्नेबुढाको अलग प्रस्तुतीबाट अघिल्ला समयबाटै मोहित भैसकेका थिए। सामान्य भन्दा सामान्य जनता र उपल्लो मान्छेलाइ पनि छक्का पन्जाको प्रस्तुतीले छोएर गएको थियो । भलै यो पटक सहरिया वातावरणको क्लेसी लाई अपनाएको नै किन नहोस ( राजनैतिक आधार लाई समाएको कारण ले पनि हुन सक्छ) सायद आउने दिनमा गाउकै अर्ग्यानिक बातावरणमा आफ्नो सिनेमा लाई रङ्गाउने छनक देखाएर गएको छ त्यो समूहले  ( सिनेमाको अन्तिम दृश्यमा आकलन गर्ने हो भने)। कलाकार हरुको ठट्टेउलि भित्रको सरल अभिनय, हास्यरसका सम्बाद, आफ्नै सहर र गाउको बास्ना र हिजोको दिपक दिपा लगायतको समूह प्रतीको बिश्वासले गर्दा छक्का पन्जाले यो पटक पनि बाजि मारेको देखियो , जस्को “जस” सिनेमा नगरीले लिने छ। सिनेक्षेत्रका लागि यस्ले एउटा सकरात्मक बाताबरण श्रीजना गर्दिएको छ।