Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

“अग्रज” र “भाउजू” भन्ने आँचल र पूजा स्कृन सेयर गर्दै

काठमाडौं
करिव एक बर्ष अघि पूजा शर्मा र आँचल शर्माले स्टेज सेयर गरेका थिए । चन्द्रागिरीमा भएको अवार्ड कार्यक्रममा यी दुईले स्टेज सेयर गरेका हुन । उ बेला एक साथ फोटो पनि खिचाएका थिए ।
तर बिचमा के खटपट भयो कुन्नी आँचलले पूजालाई अग्रज भनिन । पूजाले पनि आँचल लाई भाउजू भन्न भ्याइन । विवादले मिडियामा राम्रै स्थान पायो । पानी बाराबार झै पो देखियो एक ताका । तर अब यी दुईले स्कृन सेयर गर्ने भएका छन ।

ज्ञानेन्द्र देउजाले निदेशन गर्ने सिनेमा मार्फत यी दुई एक साथ देखिन लागेका हुन । सिनेमामा रेखा थापा पनि रहने छिन भने निर्माणको जिम्मा बाघ निर्माता छवि ओझाले पाएका थिए । शिल्पा पोखरेलले लगाएको आरोप माथी फैसला भए संगै छवि सिनेमा निर्माणमा फर्किएका हुन ।
नारी प्रधान भनिएको सिनेमा शिवम अधिकारीले निर्देशन गर्ने भनिएको भए पनि अन्तत सिनेमा झिंगे दाउ निर्देशक देउजाले निर्देशन गर्न लागेका हुन ।

अब भने आँचल र पूजाले सङै गरेको सिनेमा कस्तो होला ? ब्यक्तिगत र ब्यवसायिक सम्बन्ध कस्तो बन्ला ? त्यो भने हेर्न बाकी  छ ।