काठमाडौं : विवादै विवादकाबीच चलचित्र विकास वोर्डको प्रत्यक्ष नेपाली सिनेमा फेष्ट २०२३ को आयोजना गर्यो । एक निजकम्पनीसँगको सहकार्यmमा हालले यूएईमा फेस्टिभल बोर्डले गरेपछि यस सम्वन्धका बारेमा नेपाल चलचित्र कलाकार संघले ध्यान आकृष्ट भएको जनाएको छ ।
बुधबार एक विज्ञप्ती जारी गर्दै यस फेटिभलले विभिन्न खाल्का प्रशन जन्माएको भन्दै आफ्नो भनाई राखेको छ ।
विज्ञप्तीमा भनिएको छ,‘नेपाली चलचित्रको विकाश र विस्तारकालागि यस प्रकारका आयोजना गरिनु स्वागत योग्य कुरा हो । तर यस प्रकारका आयोजनाले नेपाली चलचित्र र चलचित्रकर्मीको विकाश विस्तारमा के कस्तो प्रभाव छोड्छ र यस्को दिर्घ कालिन असर चलचित्र क्षेत्रमा कस्तो पर्छ त्यो महत्वपुर्ण मात्र होइन चलचित्र उद्मोगको गरिमामा कति असर पर्छ त्यो मनन योग्य हुन आउछ ।
दुवइमा संम्पन्न भएको फेष्टाले निम्न प्रश्नहरु जन्माएको छ ।
१) प्रर्दशन गर्ने चलचित्रको सहभागिताको लागि सार्वजनिक सुचना जारी गरी सहभागिता जनाउन के कस्तो प्रकृया अपनाइएको थियो वा थिएन
२) सुचना जारी वोलपत्रको आव्हान गरेर नीजी कम्पनी संग सहकार्य गरिएको हो वा होइन ?
३) वोर्डका पदाधिकारी, कर्मचारी, गैर कलाकार र परिवारलाई टोलीमा समाविष्ट गरिएको हो वा होइन ?
४) सरकार आयोजक भएको कार्यक्रममा नीजी अवार्डको घोषणा भएको हो वा होइन ?
५) संघ सस्था तथा चलचित्र क्षेत्रको विशिष्ठ व्यक्तिलाइ वे वास्ता गरिनु सहभागि नगराइनु ।
६) आयोजना अगाडी वोर्डका सल्लाहकारहरुले राजिनामा गरिनु ।
७) प्रचार गरिएका चलचित्र सहभागी नहुनु ।
८) सरकारी आयोजनाको कार्यक्रममा चलचित्रको टिकट विक्रि वितरण गरिनु ।
मथि उल्लेखित वुदाहरुलाइ लिएर नेपाल सिनेमा फेष्ट २०२३ को औचित्य पुष्टी गर्न विकाश वोर्डलाइ विनम्रता पुर्वक यो वक्तव्य मार्फत अनुरोध गर्न चाहन्छौ ।’