Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘सरी मम’को अफर : दुईवटा टिकट किन्दा एक फ्री मा

काठमाडौं :
लागुऔषध दुर्व्यसनी विरुद्धको कथामा निर्माण भएको सिनेमा ‘सरी मम’ आगामी माघ ५ गतेबाट उपत्यकाभित्र प्रदर्शनमा आउँदैछ । रिलिजको पुर्वसन्ध्यामा निर्माण टिमले सिनेमा हेर्ने दर्शक लक्षित गरेर विभिन्न अफरहरू सार्वजनिक गरेको छ ।

निर्माण कम्पनि एनएफआई क्रियशनले आमा र छोराको प्रेमलाई बोलेको सिनेमासँग सम्वन्धित हुनेगरि टिकटक बनाउँदा दर्शकलाई ५० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । आमासँगको तश्विर अथवा भिडियो टिकटकमा सेयर गरेर #sorrymom र #nficreation  ह्यासट्यागसहित टिकटक बनाउँदा धेरै लाइक पाउनेलाई २५ हजार र क्रियटिभ टिकटकलाई २५ हजार पुरस्कार दिने घोषणा निर्माण टिमले गरेको छ । निर्माता विनोद लामाले यो अफर माघ महिनाभरलाई ल्याइएको बताए ।

बिहिबारबाट प्रदर्शनमा आउने सिनेमाको २ टिकट किन्दा दर्शकले एक टिकट सित्तैमा पाउने पनि निर्माण टिमले बताएको छ । सिनेमा प्रदर्शनमा आउने हलहरूसँगको सहमतिमा यो योजना ल्याइएको निर्देशन नविन बोगटी बताउँछन् । उता बसुन्धरामा रहेको चिरायू अस्पतालले सिनेमा हेरिसकेर टिकटको कपी लिएर अस्पताल पुग्ने दर्शकलाई सबै स्वास्थ्य परिक्षणमा ५० प्रतिशतसम्म छुट दिने भएको छ । निर्माण टिम र अस्पतालबीच यस्तो सम्झौता भएको हो ।

किशोरावस्था उमेरलक्षित सिनेमाले कुलतविरुद्धको सन्देश बोल्छ । पहिलो चरणमा उपत्यका अन्तर्गतका हलमा मात्रै सिनेमा लाग्ने र त्यसपछि प्रदेश लक्षित गरेर सातै प्रदेशमा सिनेमालाई पुर्याउने निर्माता लामाले बताए । ‘हाम्रो सिनेमा सामाजिक सन्देशमुलक सिनेमा हो, बालबच्चा र किशोर भएका हरेक परिवारका सदस्यले यो सिनेमा हेर्नैपर्ने अभियान लिएर देशव्यापी सन्देश पुर्याउने उद्देश्य छ’, लामाले भने ।

किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको सिनेमाको प्रदर्शनी तथा च्यारेटीलाई सरकारी स्तरबाट प्रदेश सरकार, नगरपालिका , गाउँपालिका , नेपाल प्रहरीसँगै नेपाल जेसिज, नार्कोनान नेपाल शिक्षा क्षेत्रमा कृयाशिल संस्थाहरू प्याब्सन, एन-प्याब्स, हिसान, शिक्षक महासंघ लगायतले सहकार्य गरिसकेका छन् । उल्लेखित संस्थाहरूको बलमा निर्माण टिमले जतिसक्दो धेरै लक्षित वर्गमा सिनेमा देखाउने उद्देश्य लिएको छ ।

नविन बोगटीको निर्देशनमा निर्माण भएको सिनेमामा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाई, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमामा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको सिनेमाका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।