Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

प्रेमीका कारण बोर्डमा पूजा !

काठमाडौं ।
सिनेमा फ्लपको श्रृङखला अलि लामै चलेपछी नायिका पूजा शर्मा अहिले प्रेमीका कारण चर्चामा छिन । कहिले प्रेमी देखाएर त कहिले लुकाएर उनी आफू निकट युट्युवर माझ घेरिएर चर्चामा आइरहन्छिन ।

ब्यवसायी तथा राजनितिक रुपमा समेत सकृय परिवारका युद्ध बानिया पूजाका प्रेमी हुन । पहिला प्रेमीको बयान गरेर नथाक्ने पूजा अहिले भने खै किन ती प्रश्नबाट केही टाढा हुन चाहन्छिन । यसैले होला प्रेमीले उनलाई फकाउन पहल गरेको झै देखिएको छ ।
एक अन्तर्वार्तामा पुर्व प्रेमीले धोका दिएको भन्दै गर्दा उनले बोली चिप्ल्याएर आफुले युद्धलाई “ब्याकअप” राखेको भन्न भ्याइन । यसबाट पनि प्रस्ट भएको थियो उनको प्रेममा स्वार्थ मिसिएको ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अहिले पूजालाई बोर्डमा तानेका छन । भुवन आफै पनि पद पाउन पार्टी परिवर्तन गरेको खुल्ला किताब झै छ । त्यस्तोमा पूजाका प्रेमी सेर बहादुर देउवाका नजिक मानिएका ब्यक्ती हुनु र पुजा बोर्ड प्रवेश गर्नु सम्योग मात्रै मान्न सकिँदैन ।

त्यसो त पूजा र भुवन दुबै यौन दुर्ब्यवहारको घटनामा मुछिएका पात्र हुन । पूजाले आफ्नो सिनेमा चलाउन नाबालिग माथि घटेको बलत्कार घटनाको बारे बोलेर अदालतको समेत अपमान गरेकी थिइन । भुवन केसी माथी अर्की नायिका साम्राज्ञी आरएल शाहले दुर्ब्यवहारको आरोप लगाएकी थिइन ।

अब यी नै भुवनले पूजालाई टपक्क टिपेर महिला सिनेकर्मी सशक्तीकरण समितीमा राखेका छन । “पहिरन च्यातिए मात्रै बलत्कार” हुन्छ भन्ने सोच बोकेकी पूजाले यो समितिमा बसेर कस्तो जिम्मेवारी पूरा गर्लिन खै !