Sur Cinema

Edit Content

ताजा अपडेट

दलित माथी अपशब्द प्रयोग गरेपछि विवादमा गायिका मधु क्षेत्री

काठमाडौं ।
लोक तथा दोहोरी गायिका मधु छेत्री विवादमा तानिएकी छिन । टिकटक लाइभमा दलित माथी अपशब्द प्रयोग गर्दै छुद्र बोली बोलेको कारण उनी विवादमा परेकी हुन ।

एक टिकटक प्रयोगकर्ताले उनलाइ नराम्रो भने सङै उनी आक्रोसित बनिन । “कमिनी” भन्दै उनले जात जनाएको बताएकी हुन । उनले अन्य जातमा त्यस्तो नहुने तर व्यवहार कै कारण दलित दलित भएको समेत बताइन ।

यसो भन्दै गर्दा अन्य प्रयोगकर्ताले उनले गलत बोलेको भन्दै सम्झाएका थिए । तर उनी रोकिने नाम सम्म लिइनन । यस अघि समेत उनी धेरै पटक टिकटक लाइभमा अनावस्यक रुपमा रिसाएको चिडिएको देख्ने गरिएको थियो ।

२०२०साल मा नै बनेको कानुनले जातिय विभेद गर्न नपाइने बताएको छ । अझ देशमा परिचित अनुहार गायिकाले नै यस्तो प्रकारको विभेद गर्नु निन्दनिय छ । यस बिषयलाई लिएर उनी माथी कसैले प्रहरीमा उजुरी गरेको खण्डमा उनी जेल समेत जानुपर्ने हुन्छ ।

Link- https://www.facebook.com/100068138461589/videos/6147465081930956/?app=fbl