काठमाडौं : आगामी पौष २९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘तिम्रो मेरो साथ’को मोफसल टुर सुरु गरिएको छ।
निर्माण टिमले मंगलबार पोखराबाट मोफसल टुर सुरु गरेको हो। पोखराको फेवाताल र तालबाराही मन्दिर भिजिट गरेर कार्यक्रम गर्दै निर्माण टिमले मोफसल टुरको यात्रा थालनी गरेको हो।
सिनेमाका कलाकार पुष्प खड्का, साम्राज्ञी आरएल शाह, सन्दीप क्षेत्री, निर्देशक रमेश एमके पौडेल लगायतको टोली मोफसल टुरका लागि निस्किएको छ।
पोखराबाट सुरु भएको मोफसल टुर बुटवल, नाराणगढ, हेटौंडा, बिर्तामोड, बिराटनगर हुँदै काठमाडौं आएर टुंगिने बताइएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारप्रसारलाई तिव्रता दिनको लागि मोफसल टुर गरिएको निर्माण टिमले जनाएको छ।