काठमाडौं:
पौष २२ गतेबाट प्रदर्शन हुने सिनेमा ‘चि मुसी चि’को गीत तथा ट्रेलर रिलिज भइसकेको छ । सिनेमाको धुमधाम प्रचार भइरहेता पनि अभिनेत्री बेनिशा हमाल भने ओझेलमा परेकी छन् ।

जुनसुकै भुमिका पनि सहजै निभाउन सक्ने क्षमताकी हमालको चर्चा खासै देखिदैन । मंगलबार हरर जनराको सिनेमा ‘चि मुसी ची’को प्रेस मिटमा भेटिएकी बेनिशाको भन्दा बढि चर्चा प्रियंका कार्की र ऋचा शर्मा को सुनियो । बरु यहि सिनेमाका अभिनेता आयुष्मान देशराज जोशीको पनि उत्तिकै चर्चा भयो ।

प्रियंका र ऋचा शर्माको चर्चा भइरहदा बेनिशा भने ओझेलमा परेको अनुभुती सहजै गर्न सकिन्छ । बेनिशा भन्दा धेरै समाचारका पात्र बने प्रियंका र ऋचा ।