Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

प्रेम र पीडाले भरिएको ‘गुन्जन’ ट्रेलर

काठमाडौं
आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउँने सिनेमा हो ‘गुञ्जन’ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले सिनेमाको प्रचार प्रसार समेत ब्यापक बनाएको छ। शुक्रबार ओएसआर डिजिटल मार्फत सिनेमाको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर १.मिनेट ५० सेकेण्डको रहेको छ।

अष्ट महर्जनको निर्देशन रहेको सिनेमामा सारा र प्रितमको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।

चि मुसि चि -पौष 22

विगत २५ बर्षदेखि सिनेमाको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यु सिनेमा हो । प्रितमराजले पनि यसै सिनेमाबाट सिनेक्षेत्रमा डेब्यु गरेका हुन् ।

तिम्रो मेरो साथ पुष 29

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको सिनेमा ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । विशुद्ध प्रेमकथामा निर्माण भएको सिनेमाको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ ।