Sur Cinema

Edit Content

ताजा अपडेट

खुस्बु र प्रिन्स फिचर्ड ‘यही कुरा साँचो हो’ सार्वजनिक

काठमाडौं
नेपाल आइडल सिजन २ का बिजेता रवि ओड र गायिका अस्मिता परियारको स्वरमा नया गीत ‘यही कुरा साँचो हो’ सार्वजनिक भएको छ |

गीतमा माधव तिम्सिनाको शब्द रहेको छ भने संगीत, एरेन्ज तथा मिक्सिङ बाबुल गिरीको रहेको छ । यसैसाता काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा खुस्बु खड्का र प्रिन्स विश्वकर्मा फिचर्ड भएका छन् । उनीहरू दुईको प्रेम भावलाई भिडियोमा देख्न सकिन्छ ।

भिडियोमा राम कुमार केसीको छायांकन, राजीव समरको कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन र दशरथ सुनारको निर्देशन रहेको छ । गीतको म्युजिक भिडियो रबि ओडको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।