Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘लिलू’को सफलतामा खुशी साट्दै ‘आस्था’ लिएर आए एलपी शर्मा

काठमाडौं ‘छाउपडी’को कथा उठान गरेर पाँच महिना पहिला सार्वजनिक गीत ‘लिलू’को सफलतापछि निर्माण युनिटले कास्ट एण्ड क्रू सहितको टिमलाई सम्मान गरेको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘लिलू’ मा संलग्न कलाकारहरूलाई सम्मान गरिएको हो ।

वरिष्ठ कलाकार मिथिला शर्माको हातबाट उक्त कार्यक्रममा गायिका रेखा जोशी, निर्देशक गौरव गिरी, गायिका गौरी भट्ट, गायिका पुजा देवकोटा, मोडल रोशनी कार्की, कलाकार भद्रजंग कुवंर, गायक रोहित देउवाको साथमा टिम मेम्बर इस्वु संजेल, मुकेश सुनार र पशुपति कुवंरलाई सम्मान गरियो । गीतले युट्युवमा १ मिलियन बढि भ्यूज पाएको छ, भने उत्कृष्ट बनेको भिडियोले दर्शक तथा शुभचिन्तकहरूबाट राम्रो प्रतिक्रिया पाइसकेको छ ।

भिडियो र गीतसँगै गीतमा जोडिएका शब्दले पनि राम्रो प्रतिक्रिया पाउँदा रचनाकार गौरव गिरी र एलपी शर्मा दङ्ग छन् । भिडियोका निर्माता समेत रहेका एलपीले सामाजिक विषयवस्तुमा बनेको ‘लीलू’ ले हालसम्म पनि विधमान पश्चिमेली समाजको यथार्थ कथा बोल्ने भन्दै सामाजिक चेतनामूलक भिडियो बनाउन पाउँदा आफु खुशी रहेको बताए ।

निजामती कर्मचारी समेत रहेका शर्मा छाउपडी प्रथा उन्मूलनका लागि धेरै कार्यक्रमहरु भइरहेको भए पनि अझै पनि यो प्रथा हट्न नसकेकोले सुदुरपश्चिम र मध्यपश्चिममा धेरै महिलाहरू पीडा भोग्न बाध्य भएको बताउँछन् ।

यसैबीच गायक रवि शर्मा र अनु चौधरीको स्वरमा नयाँ गीत ‘आस्था’ सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा रचनाकार शर्मा आफै अभिनयमा जोडिएका छन् भने उनको साथमा सुप्रिया बम ठकुरी, खुशी भट्टराई, मुकेश सुनार र विमल चौधरीलाई देख्न सकिन्छ ।

रवी शर्माको शब्दमा तयार गीतमा वसन्त कुवंरको छायांकन र वलवहादुर कुवंरको सम्पादन छ । गौरव गिरी भिडियोका निर्देशक हुन् । गिरीको निर्देशकिय क्षमताको तारिफ गर्दै कार्यक्रममा प्रमुख अतिथि रहेकी कलाकार शर्माले मुक्तकण्ठले प्रशंसा गरेकी थिइन् ।