Sur Cinema

Edit Content

ताजा अपडेट

कसैले नबुझेको महसुस हुँदा प्रेमको आश हुन्छ : साम्राज्ञी

काठमाडौं : नायिका साम्राज्ञीले प्रेम भन्ने शब्दलाई बेग्लै परिभाषा गरेकी छिन् । मंगलबार राजधानीमा आयोजित ‘तिम्रो मेरो साथ’ सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा आफू एक्लो हुँदा प्रेमको आश हुने बताएकी छिन् ।

कस्तो समयमा प्रेमी-प्रेमीकालाई प्रेमको साथ चाहिन्छ ? भन्ने प्रश्नमा साम्राज्ञीले आफूलाई कसैले नबुझेको महसुस हुँदा प्रेमको साथ चाहिने बताएकी हुन् ।

त्यसो त, यही प्रश्नमा नायक पुष्पले भने बेग्लै जवाफ दिएका थिए। आफू डिप्रेसनमा गएको समयमा अथवा आफू सबैबाट घृणित भएको अवस्थामा एउटा प्रेमीलाई प्रेमिकाको साथ निकै चाहिने पुष्पले बताएका थिए।

ट्रेलर रिलिज कार्यक्रममा पुष्प र साम्राज्ञीका अलावा कलाकार सन्दीप क्षेत्री लगायत ‘तिम्रो मेरो साथ’ सिनेमाको टिम उपस्थित थियो।