Sur Cinema

Edit Content

ताजा अपडेट

सिनेमा ‘महापुरुष’ ५१ औं दिनमा

काठमाडौं : गत कार्तिक ११ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘महापुरुष’ हिजो शुक्रबारबाट आठौं सातामा प्रवेश गरेको छ। सिनेमाले आज शनिबारसम्म आइपुग्दा नेपाल लगायत विदेशमा समेत ५१ औं दिन सफलताका साथ पूरा गरेको छ।

राजधानीसँगै मोफसलमा समेत यस् सिनेमाले ५१ औं दिनसम्म दर्शकको राम्रो साथ पायो। हेर्ने जति सबै दर्शकबाट उत्कृष्ट प्रतिक्रिया सिनेमाले पाएको छ। अहिलेको डिजिटल समयमा ५१ औं दिनसम्म पनि दर्शकको साथ पाउनु सामान्य कुरा होइन।

प्रदर्शनको पहिलो साता भन्दा दोस्रो सातादेखि दर्शकको अत्याधिक साथ पाउन सफल यस् सिनेमाले बक्स अफिसमा समेत राम्रो व्यापार गरेको छ।

त्यसो त, अहिलेसम्म पनि यो सिनेमा हेर्न हलमा दर्शक आइरहेका छन् । नेपालमा मात्र नभएर विदेशका हलमा समेत दर्शकको साथ राम्रो छ।

सफलतापुर्बक सिनेमा प्रदर्शनको ५१ औं दिनसम्म आएको खुशीयालीमा निर्माण टिमले आज शनिबार राजधानीमा एक कार्यक्रमको समेत आयोजना गरेको छ।

छोराछोरीको खुशीको लागि आफ्नो खुशी एवम् रहर दबाएर राख्ने एक एकल पुरुषको कथामा आधारित यस् सिनेमाका लेखक एवम् निर्देशक प्रदीप भट्टराई हुन् ।

षट्कोण आर्ट्स प्रा.लि.को ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् । सिनेमाको पब्लिसिटी डिजाइनर तथा पोस्टर डिजाइनर रोयल भिमसेन हुन् ।

सिनेमामा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानिया, अरुन क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ।