काठमाडौं : अभिनेत्री झरना थापाले आफ्नो सिनेमामा अभिनेता अनमोल केसीलाई छुटाउने गरेकी छैनन्। सिनेमा ‘ए मेरो हजुर२’मा सलिमान बनियाँ पछिको सिक्वेलमा अनमोललाई नै खेलाउँदै आएकी थिइन् ।
उनले छोरी अर्थात अभिनेत्री सुहाना थापासँग अनमोलको जोडी मिलेको भन्दै अनमोलाई ज्वाँई नै भन्दै आएकि समेत थिइन् ।
यहि सिनेमाको पार्ट चारमा पनि सुहानासँगै अभिनय गरेका अनमोललाई लिएर अर्को प्रोजेक्ट सिनेमा ‘भगवत् गीता’ मा सँगै काम गराउने चर्चा चलेको थियो । सुहानाले समेत सिनेमामा अनमोलाई कृष्णका रुपमा लिएकी थिइन् ।
तर,लामो समय देखि सिनेमामा अनमोल हुने पक्का भएको थियो । तर, अन्ततः यस सिनेमामा अनमोल नहुने जस्तै भएको छ । आइतबार निर्माण टिमले सिनेमाका लागि अभिनेताको खोजी गरेको छ ।
सामाजिक सञ्जालमा एक पोस्टर सार्वजनिक गर्दै अभिनेताको खोजी गरिएको हो । कलाकारको आह्वानमा २० देखि २५ बर्ष उमेरका नायकको खोजी गरिएको बताइएको छ ।
सुनिल कुमार थापाको निर्माण तथा झरना थापाको निर्देशनमा तयार हुन लागेको लभ स्टोरी जनराको यो सिनेमामा लामो समयदेखि अभिनेताको खोजी थालिएको थियो। तर, अहिलेसम्म सिनेमाका लागि हिरो भेटाउन नसकेपछि सार्वजनिक रुपमा नै हिरोको खोजि गरिएको हो ।
यस सिनेमाका लागि केहि महिना अघि अभिनेता धिरज मगरसँग पनि कुरा भएको थियो । उनीसँग पारिश्रमिकमा कुरा नमिल्दा सहकार्य टुटेको थियो ।
यस सिनेमामा अभिनेत्री भने आफ्नै छोरी अर्थात अभिनेत्री सुहाना थापाकै मुख्य भूमिका रहने छ । सिनेमा आगामी वैशाख १ गतेलाई रिलिज गर्ने निर्माण टिमको तयारी छ ।