काठमाडौं । सबैलाई थाहा छ करिश्मा मानन्धर हाल नायिका कम र पार्टी कार्यकर्ता धेरै भएकी छिन् । पार्टी परिवर्तन देखि विवादस्पद बोलीको कारण उनको व्यवहार मन नपराउने दर्शक बढेका छन् ।
त्यसो त उनी संवेदनशील विषयमा पनि असंवेदनशील प्रतिकृया दिँदै देखिन्छिन् । निहारिका राजपुतको केसमा उनी बिरुद्ध साइबर क्राइमको जाहेरी पर्नु पनि यस्तै ब्यवहारको परिणाम मान्न सकिन्छ ।
आज निर्वाचनको बिहानै उनी उठिन र यस्तै हासो लाग्ने व्यबहार देखाईन । मौन अवधी चल्दै छ, निर्वाचनका लागि जहाँ कुनै पार्टी वा उम्मेदवारको लागि भोट माग्न पाइदैन ।
तर उनी, ओहो केटाकेटी पना देखाउन के पछि पर्थिन । महत्वपुर्ण बानी झै पो भएको छ अपरिपक्वता ।
सम्भवत, उनी उठिन, मोबाइल खोलिन र पोस्ट गरिन “गुड मर्निङ” भन्दै सुर्यको तस्विर राखेर । यो पोस्ट गर्दै गर्दा उनले नुनको सोझो गरेको त देखियो, तर नैतिकवान नागरिक हुन पो चुकिन कि ?
उक्त पोस्ट मार्फत एमाले कार्यकर्ता उनले शुभ बिहानी मात्रै त पक्कै भनेकी होइनन् होला ।