Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

परिस्थिति नबुझी भाषा छान्दा आलोचित बनिन इन्दिरा

काठमाडौं
नेपाली सेलिब्रेटी समय समयमा भाषाको कारण विवादमा पर्ने गर्छ्न । अङ्रेजी बोलेकै कारण दर्शकले सेलिब्रेटीलाई आलोचना पनि गर्ने गर्छन । भाषा मात्र कुराकानी/सन्चारको माध्यम हो । जुन भाषामा बोले पनि लक्षित ब्यक्ती वा बर्गले बुझ्न पर्छ । त्यति नै हो । तर यही भाषाको कारण गायिका इन्दिरा जोशीको आलोचना सुरु भएको छ ।

निर्वाचन नजिकिदै छ । यसैको लागि सरकारले सेलिब्रेटीलाई निर्वाचन प्रचारका लागि सहयोगको अपिल गरेको थियो । यही क्रममा इन्दिराको एक भिडियो आयो । जहाँ उनले अङ्रेजी भाषामा बोल्दै भोट हाल्न अपिल गर्दै छिन । आफ्नो अमुल्य भोटले पाँच बर्ष सम्म र गहिरिएर हेर्दा भविस्यको बाटो देखाउने मानिस कस्तो छान्ने भन्ने समय हो ।

देशै भरीका १८ बर्ष उमेर पुगेका मानिसले हाल्ने भोटको बिषयमा जानकारी दिन जोशीले अङ्रेजी भाषा रोजिन । उनको आग्रह केही सिमित बर्गले त बुझ्यो होला । तर आम नागरिकका लागि फलदाई पक्कै भएन । उनले पारिश्रमिक लिएर यो भिडियो बनाइन या नलिएर त्यो उनी आफै जानुन । तर बोलीको प्रभाव पर्ने ब्यक्तीले यति बुझ्न त जरुरी हुन्छ कि कुन समय कुन भाषा प्रयोग गर्नु उपर्युक्त हुन्छ । इन्दिराका फ्यान चाहन्छन आगामी दिनमा उनीबाट यस प्रकारको भुल नहोस ।