Sur Cinema

सिनेमा ‘दुई नम्बरी’ दर्शकसँग सेल्फी लिन हलमा पुगिन उपासना

काठमाडौं : प्रदर्शनको पहिलो दिन सिनेमा ‘दुई नम्बरी’ ले राम्रै ओपनिङ गरेको छ। तर केही दिनदेखिको अबिरल वर्षाका कारण भने अधिकांश दर्शक हल जान पाएका छैनन् । हलसम्म जानको लागि वर्षाले दर्शकलाई धेरै सास्ती दिइरहेको छ।

राजधानीमा शुक्रबार दिउँसो केहीवेर घाम लागेपछि हलमा ‘दुई नम्बरी’ हेर्न जाने दर्शकको संख्या बढ्दो छ। हेरिसकेका दर्शकले पनि सिनेमालाई राम्रो प्रतिक्रिया दिएका छन् । सोचेजस्तो ओपनिङ हुन नसकेपनि दर्शकको साथ बढ्नेमा निर्माण टिम ढुक्क छ ।
यसैबीच, सिनेमाकी नायिका उपासना सिंह लगायतको टिम शुक्रबार राजधानीका केही हलमा दर्शकसँग साक्षात्कार गर्न पुगेको थियो । उपासनाले त दर्शकसंग भेटेर सेल्फी समेत लिएकी छिन् । एकैछिन अगाडि पर्दा देखेका कलाकारलाई आँखा अगाडि प्रत्यक्ष हेर्न पाउँदा दर्शक पनि उत्साहित देखिन्थे । जे होस्, उपासना र उगेन सँगै नायक सौगात मल्ल, दयाहाङ राइ लगायतको टिम पनि सहभागी भईदिएको भए सायद अझै उत्तम हुने थियो।