Sur Cinema

Edit Content

ताजा अपडेट

‘दुई नम्बरी’, वर्षाका कारण दर्शकलाई सास्ती

काठमाडौं :
ट्रेलरबाटै दर्शकको मन जित्न सफल सिनेमा ‘दुई नम्बरी’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ। रेड बर्ड प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा प्रदर्शन अगावै खुल्ला गरिएको बुकिङमा टिकट बिक्री संख्या उत्साहजनक थियो। त्यसो त मल्टिपिलेक्स एवम् सिंगल थियटरमा चलचित्रलाई राम्रो शो समेत दिइएको छ।

राम्रो शो हुँदाहुँदै पनि केही दिन अघिदेखिको अबिरल वर्षाका कारण भने चलचित्रलाई असर पर्ने देखिएको छ। चलचित्र हेर्ने मन हुँदाहुँदै पनि निरन्तर परेको झरीले दर्शकलाई हलसम्म पुग्न निकै सास्ती भएको छ। ग्रामीण भेगमा हुर्किएका २ गाउँले साथीले बन्यजन्तुको सिकार गर्दै गर्दा जीवनमा आउने उतारचढावको कथालाई सिनेमामा उठान गरिएको छ।

दिपेन्द्र लामाले निर्देशन गरेको यस् सिनेमाका प्रस्तुतकर्ता किरण नेपाली हुन् भने सिनेमामा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शारदा गिरी, स्व जयनन्द लामा, श्रेयस पौडेल, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, राजु थापा मगर, गणेश बस्याल लगायतका कलाकारको अभिनय रहेको छ। रामजी लामिछानेको कोरियोग्राफी, सुजन प्रजापतिको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ।

त्यस्तै, सिनेमाको निर्मातामा राजीव गुरुङ, अमलादेवी राई, जयश श्रेष्ठ र कार्यकारी निर्मातामा सरोज नेपाली तथा सह-निर्मातामा मिठु तामाङ्नी रहेका छन् ।