२१ असोज २०७९
काठमाडौं । कलाकार तथा डबिङ आर्टिस्ट रिस्ता बस्नेतको सम्बन्धको खबर बेला बेला चल्ने गर्थ्यो । उनले केही समय अघि आफू सम्बन्धमा रहेको स्विकारेकी थिइन । तर उनी प्रेम सम्बन्धमा रहेको हो या विवाह नै गरेको स्पस्ट छैन ।
तर दशैमा भने अब उनको एक स्टोरी सार्वजनिक भएको छ । साथै रिस्ताकि आमा विपना बस्नेतले सार्वजनिक गरेको तस्विरमा पनि उक्त युवालाई देख्न सकिन्छ । उनको नाम अजय सिंह थापा रहेको छ ।
यस अघि विभिन्न चाडपर्व र तीज म्मा समेत रिस्ताको आफ्नी परिवार बाहेक अर्को एक परिवारको साथ तस्विर देखिदै आएको थियो । तर त्यो अजयको परिवार हो होइन थाहा हुन सकेको छैन ।
साथै अजय र रिस्ता प्रेमी प्रेमिका मात्रै हुन कि यी दुईले विवाह नै गरेका हुन त्यो पनि थाहा हुन सकेको छैन । हुन त उनको ब्यक्तिगत सम्बन्धको बारे उनी स्वयम् नबोले सम्म त स्पष्ट हुने कुरा भएन ।