१० असोज २०७९
काठमाडौं :– नेपाली चलचित्रहरुको साझा समस्या हो बजार । सानो बजार बाट लगानी उठाउनु पर्ने बाध्यताको एक मात्र विकल्प बजार विस्तार नै थियो । त्यसो त खुला सीमा रहेको छिमेकी मुलुक भारतको विशाल बजारलाई हाम्रा चलचित्रले अनुहार देखाउन लायक नै ठानेनन् । नेपाली चलचित्र इतिहासको ७० वर्षपछि नेपाली चलचित्रले पहिलो पटक बलिउडमा उपस्थिति जनाएको छ । यस मानेमा प्रेम गीत ३ ले एउटा गुण लगाएको छ नेपाली चलचित्र क्षेत्रलाई । चलचित्रले लगाएको यो गुण हजार झुटले पनि मिथ्या सावित गर्न सक्ने छैन ।
चलचित्रको बलिउड यात्राकै चर्चा परिचर्चा निकै बढ्यो । चलचित्रको हिन्दी संस्करण नेपालमा प्रदर्शन गर्दा तिर्नु पर्ने करका विषय र सहझिकरणलाई लिएर चलचित्र विकास बोर्डको भूमिकालाई लिएर चलचित्र प्रदर्शन अगाबै निबै गलफत्तिहरु भए । जसकारण सिंगो चलचित्र उद्दोग दुई ध्रुवमा बाढीयो । एकथरीले नेपाली चलचित्रलाई भारतसम्म पुर्याएको भन्दै चलचित्र युनिटलाई भरपुर साथ दिए । उनीहरुले चलचित्रलाई विकास वोर्डले सहयोग नगरेको भन्दै नेतृत्वमा रहेका भूवन केसीलाई विभिन्न आरोप लगाउन पछि परेनन् । विस्तारै बिस्तारै विवाद बढ्दै गयो । चर्चित कलाकारहरु पनि प्रमेगीतको पक्ष र विपक्षमा खुल्नुपर्ने अवस्था आयो ।
यहाँ सम्म त ठीकै थियो, तर चलचित्र प्रदर्शनमै आएपछि पनि दर्शकहरु पक्ष र विपक्षमा बाढिँए । समर्थकले चलचित्रको प्रशंसा गरे पनि विरोधीहरुले चलचित्र झुर बनेको भन्दै पहिलो सो बाटै नकारात्मक हल्ला फैलाउन थाले । साथै हिन्दी संस्करण तीन दिन पछि मात्र नेपालमा प्रदर्शनमा आउने भएपछि एकथरी दर्शक हिन्दी संसकरण कुर्दै शान्त देखिए । जसले चलचित्रप्रति थप कैतुहलता पैदा गर्यो । सुरुका दिनमा ससंकित देखिएको चलचित्र निर्माण युनिट, विपक्षी र अन्य कलाकर्मीहरु विस्तारै शान्त भए । चलचित्रको व्यापार पनि शान्त गतिमा अघि बढ्यो । चलचित्रले आफूमाथि लागेको झुर चलचित्रको दाग विस्तारै मेटदै गयो ।
सफल पक्ष
पहिलो शो बाटै चलचित्र झुर बनेको प्रतिक्रिया नियोजित रुपमा फैलिएपछि दर्शक अलमलमा परे, तर चचित्र न त प्रसंशकले चर्चा गरेजस्तो अव्वल देखियो न त विपक्षीले चर्चा गरेजस्तो झुर । हिन्दीमा डव गरिए पनि यो नेपाली चलचित्र हो । यसका आफ्नै खालका सीमा थिए । बलिउड चलचित्र सँग तुलना गर्ने हो भने यो चलचित्र झुर नै हो । तर नेपाली चलचित्र सँगै तुलना गर्दा चलचित्र अव्वल नै मान्नुपर्छ ।
चलचित्रको मेकिङको बलिउडले पनि प्रशंसा गरिरहेको छ । सीमित लगानीमा चलचित्रको प्रयासलाई बलिउडले मात्र होइन नेपालका कलाकर्मीले पनि प्रशंसा गरिरहेका छन् । हिमाली जिल्लाको कथा र कथा अनुसार दृश्य प्रशंसा योग्य छ । नेपाली चलचित्र हेर्दा भारतका दर्शकले पनि नाक खुम्च्याउनु परेन । यो चलचित्रको सवल पक्ष हो ।
असफल पक्ष
चलचित्रको असफल पक्षको कुरा गर्नुपर्दा सुरुमै आउछ चलचित्रको स्वरांकन । पहिलो पटक हिन्दी भाषामा पनि चलचित्र ड्रव भएर ट्रेलर सार्वजनिक भएपछि नै नेपाली र हिन्दीको ट्रेलर तुलना गर्दै नेपालका कलाकारहरुको डाइलग डेलीभरीमा भुकेको प्रतिक्रिया आइनै रहेको थिए । चलचित्र हलमा लागेपछि पनि दर्शकहरुको सोहि आरोप दोहोरियो । चलचित्रको मेरुदण्ड मानिएका शिव श्रेष्ठकोे ‘डायलग डेलिभरी’मा दम देखिँदैन कृष्टिना गुरुङ , मनीष राउत र लक्ष्मी वर्देवाको ‘डायलग डेलिभरी’ पनि अस्वभाविक छ । प्रेमको भूमिकामा रहेका प्रदीप र बैद्यको भूमिकामा देखिएका सुनिल थापा भने आफ्नो भूमिकामा फिट देखिन्छन् ।
चलचित्रको कथामा पनि थुप्रै खोट देखिन्छ । सात गाउँको राज्यबारे चलचित्रको कथा बुनिए पनि सात गाउँको बारे चलचित्र मौन छ । दरबारको कथा भनिएपनि चलचित्रको इन्डोर दृश्य कुनै दरबार जस्तो भव्य लाग्दैन । न त त्यहाँ हुने गतिविधि नै भव्य लाग्छन् । निर्देशक दरबार, द्वन्द र प्रेममध्ये केलाई प्राथमिकता दिने भन्नेमै अन्योलमा देखिन्छन् । जसले गर्दा चलचित्र नाम जस्तो प्रेममय देखिदैन, न त दरबारको कथा दरवारको जस्तो नै लाग्छ ।
समग्रमा – जे जस्ता विवादको सामना गर्नुपरे पनि अन्ततः चलचित्रको कलेक्शन आक्रामक देखिएको छ । एउटै उचाइमा उडेका चराहरुमध्ये परेवाले आँगनको विस्कुन देख्छ, कागले जुठेल्नाको जुठो देख्छ भने गिद्धले बारीको कान्लाको सिनो देख्छ । प्रेम गीतलाई लिएर फरक फरक प्रतिक्रिया सँगको आत्तिन जरुरी छैन । तर प्रदर्शनकै दिन एकोहोरो नराम्रो प्रतिक्रिया कलेक्शन गरेर सार्वजनिक गरिँदा निर्माण पक्ष अत्तालिन पुग्यो । समर्थक अत्तालिन पुगे । अनि एकले अर्कोलाई हिलो छ्यापाछ्याप गर्न थाले जसले चलचित्र क्षेत्रमा देखिएका दुई धारलाई स्थापित गर्न भूमिका खेल्यो । थप दुस्मनी बढायो । अब यो दुश्मनी आगामी दिनहरुमा पनि कायमै रह्यो भने !