Sur Cinema

Edit Content

ताजा अपडेट

दीपकराज गिरीलाई डेङ्गु संक्रमण

५ असोज २०७९
काठमाडौं :– हास्य कलाकार तथा नायक दीपकराज गिरीलाई डेङ्गु संक्रमण भएको छ । आज विहान गरिएको परीक्षणमा डेङ्गु पोजेटिभ देखिएको गिरीले जानकारी दिए । हाल स्वास्थ्य अवस्था सामान्य रहेको पनि गिरीले जानकारी दिएका छन् ।

सामान्य ज्वरो आएपछि परीक्षण गराएको र रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ । पछिल्लो समय नेपालमा डेङ्गु संक्रमण फैलिएको छ । यो वर्षमात्र संक्रमणका कारण २१ जनाको निधन भएको छ भने १७ हजार बढीमा संक्रमण पुष्टि भएको छ ।