Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

शकुन्तलाको सिनेमा मोह : सबथोक छोड्न सक्छु, सिनेमा होईन

सुरेन्द्र थापा

सुरेन्द्र थापा

काठमाडौं : ‘फोटो खिचौ है ?’  कुराकानीलाई बिट मारिसक्दा झमक्कै रात परिसकेको थियो । उनलाइ मैले फोटोको लागि आग्रह गरे । ‘म फोटो खिच्ने तयारिमा आकै छैन् , भन्नू पर्थ्यो नि अलि राम्री भएर आउथे ।’

तपाइको  शुन्दरता , तपाइको  बोल्ने क्षमता र भाव मै देखिन्छ नि ?
” मान्छेको पहिलो नजर नै फोटोमा जाने दुनियाँमा छु म ।” उनी मज्जाले हासिन, मानौ आफ्ना लागी नभएर अरुलाई देखाउन उनी राम्रो बनिने तर्क गर्दै थिइन् ।

एक घन्टा अघि मैले त्यो ठाउँमा उनलाई कुराकानी गर्न बोलाएको थिए । शकुन्तला शाह ‘शकु’ले स्नातकोत्तर  सकिन ,  फेसन डिजाइनमा डिप्लोमा पनि गरेर अहिले उनी फेसन डिजानइनिङ्ग पनि गर्छिन् । स्थाइ बसोबास नेपालगन्ज भएपनि हाल उनी काठमाडौंमा बस्छिन् । उनी योङ्ग अनलाइन आन्टप्रेनर हुन् । तर, उनको सपना भने  सिनेमामा एक अब्बल र कुशल नायीका हुनु हो । त्यहीँ सपनाको खोजीमा उनले काठमाडौंलाई दस वर्ष दिई सकेकी छन् । र, यहि सपनालाई पुरा गर्न आफ्नै खुट्टामा उभिनु पर्छ भन्ने सोचले उनलाई आन्टप्रेनर बनायो ।

तपाइको सपनाको यात्रा कहाँ पुग्यो त? 
“यात्रा जारी छ” उनी मुसुक्क हासिन !

“किन त ? यतिका बर्ष बितिसक्यो ?”
उनको अध्ययनको उचाइ हेर्दा त गतिलो ‘जब’ गरेर भविष्य सुन्दर बनाउन सजिलै सक्थिन होला । तर, सिनेमाको दुनियाँ भन्दा पर उनले अर्को सन्तुष्टि भेटिनन् । उनी समाचार बाचिका पनि हुन्, उनको वाक् कला, वाचनशैलिलाई मान्छेले मन पनि पराए, उनी बिहानदेखि  साँझसम्म टि भि स्कृनमा छाइरहिन पनि । तर, उनलाई आत्मसन्तुष्टि मिलेन , अभिनयको भोकले छटपटाइ रह्यो । उनले समाचार पढ्न छोडिन्, पढाइमा अब्बल, प्राय जसो प्रथम हुँदै आएकि उनी, बाबा  मम्मि सरकारी जागीरे भएकाले लोकसेवा लड्न खुवै सुझाव आउँछ तर उनको झुकाव अन्तै । आएका सबै औपचारिक मौका हरुलाइ “आहुती” दिदै  निरन्तर सिनेमाको पर्दामा आफुलाइ उभ्याउन संघर्ष गरिरहेकि छिन् ।

सरर सारी उडाउदै हिरोइन बन्ने उनको चाहना , अहिले भर्सटाइल अभिनय गर्ने हिरोईन बन्ने लक्षमा परिवर्तन भएको छ । उनी भन्छिन, ‘हिजो चिटिक्क परेकी हिरोइन हुने हुटहुटी थियो तर अहिले जुनसुकै पात्रलाई न्याय दिन जस्तोसुकै लुक्स बनाउन तयार हुनु , त्यो पात्रमा आफुलाई ढाल्न सक्नु पो ठूलो कुरा रहेछ भन्ने लाग्यो ।’

नेपालगन्जकै  कुनै एक रेडियो (एफ. एम.) र स्थानिय टेलिभिजन मै आफ्नो कार्यक्षमतालाई  निखारिसकेकी शकु शाह सङ्ग थुप्रै स्थानिय रङ्गममन्चका अनुभवहरु पनि छन् । उनलाई सन्चारकर्मीको बाटो हुँदै कलाकार बन्नु थियो । त्यही शिलशिलामा उनले सिनेमा क्षेत्रका धेरै मान्छे सङ्ग चिनजान र भेटघाट पनि गरिन रेडियो, टि. भि. मार्फत । मिस मिडवेस्टको पहिलो संस्करणमा सेकेन्ड रनर अप , सानै उमेरमा थुप्रै कार्यक्रम सन्चालन (होस्ट) गरि त्यस क्षेत्रमा स्टेज क्विनको संज्ञा पाइरहेकि उनलाइ ” केन्द्रका मेकरले उनि मोफसलमै भएपनि धेरै सल्लाह, सुझाव संगसंगै अवसर दिने कुरा गरिरहेका हुन्थे ।

‘तिमी काठमान्डू आउ टिभी फिल्मिले होस्ट खोजिरहेको छ ( गोपिकृष्ण अन्तर्गत को ) । त्यसैको माध्यमबाट तिम्रो सिने मेकर्सहरु सङ्ग राम्रो चिनजान पनि हुन्छ , तिमिले चाहेको उदेश्य पूरा हुन मद्दत पुग्छ।’ नेपालगन्ज मै रहँदा,  डिग्री पढ्ने बहानामा हिरोईन बन्न राजधानी छिर्ने योजना  गरिरहेकि उनलाई  काठमाडौंबाट एक सिनेमा निर्देशकले  हौस्याए ।

ब्याचलर सकेर आँखाभरी सिनेमाकी हिरोइन हुने सपना लिएर शकुन्तला काठमाडौं आइन र यतै स्नातकोत्तरको अध्ययन शुरु गरिन । ‘हामिले बाहिर बाट हेर्दा जुन सहजता यो फिल्डमा सोच्छौ त्यो नहुने रहेछ।’ उनको अनुहारमा हाँसो देखिए पनि मनको तिर्खा भने यथावत् थियो ।

एक असल  कलाकार बन्ने  हुटहुटिको भागदौडमा, रङ्गमन्च, टेलिभिजन, केही म्युजिक भिडियो, केही लघु सिनेमा, लगायत विभिन्न सिरिजहरुमा अनुभव बटुली रहदा र तिनै क्षेत्रका मान्छेहरु सङ्ग भेटघाट र मनका कुरा सेयर गरिरहदा पनि शकुन्तलाले देखेको सपनाको बाटो अझै पत्तो लाउन नसकेको दुखेसो गर्छिन ।

‘किन त ?
‘म सङ्ग त्यो क्षमता छ जुन एउटा कलाकार हुन चाहिन्छ । यत्ती धेरै पि. आर. (ब्यक्तिगत चिनजान) भएर पनि देखिएका सपनाहरु नभेट्नु,  पूरा नहुनु सायद म अनलक्की भएर हो कि । उनको आवाज नरम सुनिन्थ्यो ।

उसो भए त्यो सम्बन्ध के का लागि थियो त ?
‘खै मैले नि बुझेकी छैन् । कलाकार हुन के चाहिन्छ ? मैले नि छुट्याउन सकिरहेकी छैन् । म जे गर्न खोजी रहेकी छु त्यस्को मापदण्ड नै मैले नबुझेको हु कि ? ट्यालेन्टले मात्रै काम पाउने हैन रहेछ भन्ने चाहिँ यो बिचमा मज्जाले  बुझे ! काम जानेर मात्रै नहुने ।

एक सक्षम कलाकार हुन अरु के को खाचो देख्नु भो ?
‘केही  सर्ट-कर्ट अपनाउनेहरु पनी देखे । त्यसरी आउनेहरु छोटो समयका लागि आए पनि कति खेर बिलाउछन पत्तै नहुने । मलाई त्यसरी आउनु पनि त छैन् । आफ्नै क्षमता र अनुभवले आउनु छ । मलाइ त अनन्तकाल सम्म टिकिरहनु छ । कलाको कदर गर्ने कोहि त होला, जस्ले मलाइ र मैले उस्लाइ पर्खिरहेकी छु।’ महसुस गरिएका तिता अनुभवहरु निर्धक्क भएर बोलिन् ।

आफुले गरेका कामहरु ( भिडियो, सिरियल )को अनुभव चाहिँ कस्तो लाग्यो नि ?
सेटमा काम देखेर सबैले राम्रो भन्नुहुन्छ । व्यक्तित्व र अभिनयको खुलेर प्रशंसा गर्नुहुन्छ । त्यो हौसलाले अझ निखारता ल्याउन प्रोत्साहन गर्छ, अझै राम्रो गर्न सक्छु भन्ने लाग्छ । तर, दुख त्यहाँ लाग्छ नाटक बाहेक कुनै पनि प्रदर्शनमा आइ सकेका छैनन् । आइदिए मेकर्सहरु सङ्ग म भित्रको क्षमता  पहिचान हुन मद्दत पुग्ला कि भन्ने लोभ छ।

नयाँ  कलाकार राख्दा ब्यापारिक दृष्टिबाट रिस्क हुन्छ भनेर हो कि ठूलो पर्दामा मौका नमिलेको ?
‘कति त ट्यालेट भन्दा पनि यो मान्छे राख्दा चल्छ कि भन्ने प्रेडिक्सन पनि हो । दयाहाङ्ग राई , बिपिन कार्की जस्ता अब्बल र चलिरहेका कलाकारहरु आज भन्दा पन्ध्र  बर्ष अघि कसैले हिरो होला भनेर सोचेको थ्यो होला त!
आज किन हिरो छन भने, उनिहरुसङ्ग त्यो बेलामा नयाँ भइकन पनि सिनेमा प्रतिको भोक र साधना थियो उहाँहरूले अवसर पाउनु भयो, आफ्नो क्षमताले पुष्टि गर्नु भयो र हिरोको परिभाषा फेर बदल भयो ।  तर, नायिका अथवा महिला कलाकारको चाहिँ त्यस्तो माहोल देख्दिन, अहिलेपनि मापदण्ड तय छ, सर्लक्क परेको जिउ, यति हाईट, यति कम्मर, यति छाती।” उनको आवाजमा द्वन्द  झल्कन्थ्यो।”

नाटकलाइ चाहिँ निरन्तरता दिनु भएन ?
त्यहाँ पनि नेपोटिज्म धेरै रहेछ । कोर्स लिए, अभिनय
सिके, केहिमा काम पनि गरे,  तर मनले खाएको र त्यस्मा डिजर्व गर्ने रोल नै नपाइने । आफुलाइ मन लागेका मान्छेहरुले मात्र स्पेस पाउने । ग्रुपिज्म पनि हुने रहेछ त्यहाँ । खै कस्तो खाल्को बाठो हुनुपर्ने रहेछ , मैले त पत्तै पाइन। नजानेको चाहिँ त्यो हो कि जस्तो लाग्छ । थिएटरको आफ्नो अँध्यारो अनुभव पनि सुनाइन । भन्छिन “रङ्गमन्चमा सिक्नै भनेर गएकी थिए, अभिनयमा निखरता ल्याउन चाहिँ मलाइ मद्दत पुग्यो ।” थिएटरको ब्ल्याक बक्समा उभिएर अभिनय गर्न पाउनु एक अद्भभुत जादु जस्तो, मन र ज्यान  पुतली झै उड्ने रहेछ !”  उनले  अनुभव सुनाइन् ।

अनि उनलाई कहिलेकाहि धेरै कुरामा दक्षता हुनु पनि अभिशाप जस्तो नि लाग्छ रे, ” धेरै चिज जान्दछु भनेर घमण्ड, मपाई गरेको चाहिँ होइन । सन्चारकर्मी, फेसन डिजाइनर,  उद्घघोषक, लेखिका, डिग्री होल्डर, स्टाइलिस्ट, हस्तकला  ट्रेनर, योङ्ग आन्टरपर्नेर, झण्डै १००  फरक काम(सिर्जनात्मक ) गर्न आउँछ । त्यो भिडको अनुभवले आफ्नो मुख्य लक्ष “अभिनय” धुमिलमा पारीदिए झैं लाग्छ।” उनी भन्छिन्  “कास! मलाई अभिनय बाहेक केही नआउथ्यो ?”

सिनेमाका लागि जहाँ नि पुग्नु भयो, जता नि जानू भयो,  रित्तो भएर फर्कदा आफुलाइ कस्तो लाग्छ ?
म भित्र  रहेको आत्मबिश्वास कहिलेनि डगमगाउन दिइन । के नै पो बिग्रिएको छ र ?  सुरूवाति दिनमै काम पाइहालेको भए ओभर कन्फिडेन्स  बढ्थ्यौ होला , क्षमता कम थियो, सूक्ष्म ज्ञान, म बिलाउने पक्का थियो । यो संघर्षले त मलाई माझेको छ, निखारेको छ । म बिलाएर जान आएको थिइन । जे भयो राम्रो भयो । शिखर चढ्न जति समय लाग्छ, ओर्लिन पनि त्यति नै ।

उनी धारा प्रवाह बोलिरहन्छिन्,  मैले भने : “तपाईं त उद्घोषिका, आफैमा सन्चारकर्मी, मलाई त बोल्न पनि  अप्ठ्यारो लाग्यो।” उनलाइ बोल्न, अझ बौद्धिक बहस गर्न खुव मज्जा लाग्छ रे ।  ” म  सङ्ग रहेको अभिनय देखाउनका लागि अरुमा भर परिरहनु पर्ने स्थिती पनि छैन जस्तो लाग्छ आज भोलि ।  प्लेट फर्महरु धेरै छन्, तिनिहरुकै माध्यमबाट चिनिन पनि सकिन्छ । घरी घरी लाग्छ , सिल्भर स्कृनमा भन्दा टेलिभिजन र सोसियल मिडियाका प्लेट फर्ममा सहभागी कलाकारहरुको हाइप धेरै छ अचेल । तर, मेरो गन्तव्य ठूलो पर्दाका लागि नै हो जस्तो, त्यस्तो डेडिकेसनले १० वर्ष  टिक्दैन नि कोहि ! हो कि हैन भन्नुहोस त ? ”  म सङ्ग प्रती प्रश्न गरिन उनले ।

कुराकानीका क्रममा उनले बताइन ,उनी सङ्गै आएका धेरै  साथिहरु  आए, गए, बिलाए तर उनी  सिमलको वृक्ष झै टिकिरहिन अभिनयको भोकले ।

यतिका समय सम्म आफुले रोजेको र सक्ने स्थानमा मौका नपाइरहदा छोडौ झै लागेन ?
‘नाइ कहिले लागेन  र लाग्दैन पनि।’

कुन बिश्वासले अड्काइरहेको छ त आफुलाइ ?
अभिनयमा डुब्दा, सुटिङ सेटमा हुँदा जस्तो खुसि मैले अन्त भेटेको छैन् । कलाप्रतीको कदरले गर्दा पनि हो मलाइ रोकेको । जिद्दिले मात्रै पनि त मैले काम पाउदिन, जतिले मेरो अभिनय क्षमता देखेर प्रशंसा गर्नुहुन्छ त्यै प्रशंशाले पनि अडिन मन लाग्छ । उहाँहरूले गरेको प्रशंसा मलाई आफैसंग प्रतिप्रश्न गर्न बाध्य बनाउछ ? ओहो म यति राम्रो अभिनय पो गर्ने रहेछु ?” मुसुक्क हास्दै उनी भन्छिन ” अझै दुख: गर्नु छ, मिहेनत, साधना गर्नु छ! कसो न आउला त्यो दिन जुन दिन, कलाकार ‘शकु शाह’ भनेर आफ्नो पहिचान बन्छ । ढोका खुल्छ तर, ढिलाे छिटो भन्ने मात्र हो । आगो ताप्ने जति पनि हुन्छन् , आगो कस्ले बाल्ने भन्ने हो । चलिसके पछि ‘जस’ लिन धेरै आउलान् । मलाइ मेरो अभिनयलाई बिश्वास गर्ने त कोहि न कोही त होला नि ।” 
कस्तो कलाकार हुने मन हो नि ?
एक महिला पात्र जसले सिनेमा लिड गर्छ, मलाइ हरेक खालको चरित्र निर्वाह गर्न मन छ, चाहे म त्यो पात्रको लागि कुरूप नै देखिन किन नपरोस् । पछिल्लो पुस्ताकि  स्वस्तिमा खड्का मनले खाने कलाकार हुन् उनकि । भन्छिन् ” उहाँहरु भर्सटायल कलाकार लाग्छ मलाई । फरक फरक चरित्रमा आफुलाइ स्थापित गर्न सक्नु  गारो काम हो त्यो मामलामा उहाँको काम मन पर्छ । बिपिन कार्किको पनि त्यस्तै मिहेनत देखिन्छ “जे सुकै पनि गर्न सक्छन है” भन्ने सोचेर मान्छेले एप्रोच गरे अनि आफ्नो क्षमता देखाउन सफल हुनु भो ।”

मन पर्ने कलाकारको तारिफ गर्दै गर्दा अबको आफ्नो भविष्य चाहिँ कस्तो देख्नुहुन्छ नि ?
एउटै काममा लागिरहदा पनि त्यस्को रिजल्ट न आउँदा डिस्ट्र्याक्ट त भैहाल्छ तर म भइन् । मलाइ खुसी बनाउने भनेको चाहिँ कलाकार हुनुले नै हो । सबथोक छोडेर यसैमा लागेकी छु । नाट्यश्वरीले देख्छन होला नि । थोरै भावुकता देखियो उनको मुहारमा ।

तपाईं जस्ता कलाकार हुन चाहनेलाई  के भइ दिए हुन्थ्यो जस्तो लाग्छ ?
चलेका अनुहारलाइ मात्र राख्ने संस्कारबाट अलि पर गएर रियल अडिसन मार्फत हामी जस्ता संघर्ष गर्ने मान्छेले पनि  मौका पाए हुन्थ्यो भन्ने लाग्छ । कति  अडिसनमा नि गाको छु । तर खै के खालको अडिसन हो ? आफ्नो बन्न लागेको प्रोडक्ट प्रचारका लागि मात्र ती कर्म काण्ड हुने रहेछन झै लाग्छ । अडिसन हुन्छ तर चलेकै कलाकारलाइ राखिन्छ। त्यो एउटा नाटक हैन भनेर कसरी मान्ने ?”

उनको मनको रोष अझै मरेको थिएन् ‘मलाइ बिलाउनु छैन् । आफ्नै ट्यालेन्टले आउनु छ । म आत्तेकी छैन्, मेरो उमेर जाला तर मेरो ट्यालेन्ट जादैन भन्ने छ मलाइ ।  मौका नपाएको भन्दा पनि उचित प्लेटफर्म नै पाइन कि  जस्तै लाग्छ।’ अघिल्लो समयमा फर्किन्छिन उनि
‘जुन  बेला म काठमाडौं  आए , यो फिल्डको नराम्रो कुराहरु धेरै थिए । परिवारबाट सायद कमै मान्छेले त यो क्षेत्रमा “जा” भन्थे होला सायद त्यो बेला । मलाइ पनि परिवारबाट त्यो कुरा नआएको हैन्, तर, मैले आफन्त परिवार कसैलाइ सुनिन । आफ्नो मन र सपनाको अगाडि । त्यो  र्युमर ( हल्ला) मेरो पनि मनमा डर बनेर बसेको थियो , त्यस्का बाबजुद पनि यो फिल्डमा धेरै गर्न सकिन्छ, ठूलो आकार छ ठानेर आफुलाइ समर्पित गरेकी छु ।”
बिगतमा बिताएका आफ्ना प्रयास र कर्महरु पुन: एक पटक दोहोर्याइन । आँखामा ती संघर्षका तस्विरहरु चलमलाएर होला , उनका आँखा भिजिरहेको भान हुन्थ्यो । उनी भने आँसुले भिजेको चिसोलाई आँखा भित्रै दबाएर आफुलाइ कमजोरी हुनबाट जोगाउने प्रयास गरिरहेकी  थिइन ।