Sur Cinema

फलामे बारभित्र ‘तिरिमिरी झ्याइँ’का कलाकार, माघ २८ मा प्रदर्शन

काठमाडौं : हास्यव्यङ्ग्यात्मक सिनेमा ‘तिरिमिरी झ्याइँ’को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। समीरको निर्देशनमा बनेको सिनेमा आगामी माघ २८ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।

सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारहरूलाई फलामे बारभित्र कैद अवस्थामा देखाइएको छ। पोस्टरमा आभास अधिकारी, सुमन कोइराला, रियर राई, सुरज चौलागाईं र सरोज अर्याल फरक–फरक हाउभाउमा प्रस्तुत छन्।

आभास अधिकारीको कथा तथा अवधारणामा बनेको सिनेमा मनोरञ्जनात्मक र सामाजिक विषयवस्तुमा आधारित छ। होराइजन मोसन पिक्चर्सको ब्यानरमा निर्मित यस सिनेमाबाट ‘दले दाई’ उपनामले परिचित हास्यकलाकार सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु गर्दैछन्।

सिनेमामा धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जयराम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायतको अभिनय छ। प्रद्युम्न बोगटी (प्रविन) निर्माता रहेको सिनेमामा आभास अधिकारी कार्यकारी निर्माता छन्।