Sur Cinema

विनोद र अञ्जलीको प्रेमभाव ‘मनमा भाको भाग्यमा नभाको’मा

काठमाडौं : गायक सरोज लामिछाने र श्रद्धा रसाइलीको स्वरमा रहेको नयाँ गीत ‘मनमा भाको भाग्यमा नभाको’ सार्वजनिक भएको छ। सरोज लामिछानेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोमा विनोद रसाइली, अञ्जली अधिकारी र राज टाइगरको अभिनय देख्न सकिन्छ।

सरोज लामिछानेकै शब्द तथा संगीत रहेको गीतमा रामकृष्ण थापा र सुरेश बानियाँको संगीत संयोजन छ। अमर ओलीको निर्देशनमा तयार भिडियोको छायांकन प्रकाश खड्का र सम्पादन तथा रङ संयोजन मनोज कार्कीले गरेका छन्। नृत्य निर्देशन स्मृती तिमिल्सिना ‘गुरुआमा’को रहेको भिडियो सदिक्ष्या फिल्म्सले निर्माण गरेको हो । गीत विभिन्न डिजिटल प्लेटफर्ममा समेत उपलब्ध हुनेछ।