Sur Cinema

‘सिन्दुरे जात्रा’मा फेरि जम्यो विजय र अञ्जनाको जोडी, आयो ‘बाँसैको सुप्लाखे’

काठमाडौं : सिनेमा ‘सिन्दुरे जात्रा’को रोमान्टिक गीत ‘बाँसैको सुप्लाखे’ सार्वजनिक भएको छ । प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा सुरज गैरे विवशको शब्द तथा प्रशान्तकै संगीत छ ।

प्रेम, लाज, इसारा र विश्वासलाई समेटिएको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विजय बराल र अञ्जना बराइली फिचर्ड छन् । उनीहरू प्रेमिल भावमा आकर्षक नृत्य गर्दै प्रस्तुत भएका छन् ।

सरोज पौडेलको निर्देशनमा बनेको सिनेमामा विजय र अञ्जनासहित विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाललगायत कलाकारको अभिनय छ । विजय र अञ्जनाको यो दोस्रो सहकार्य हो । यसअघि उनीहरूले सफल सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेका थिए ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन तथा निर्देशक पौडेलकै कथा रहेको सिनेमा सारङ्गी फिल्म्सको प्रस्तुतिमा बनेको हो । नेम महर्जन निर्माता रहेको सिनेमा आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउनेछ । यसको वितरण नेसनल सिने ग्रुप नेपालले गर्दैछ ।