Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

बाबुआमालाई तेल लगाउन मात्रै छोराछोरीले बिदेश बोलाउँदैनन् : निर्देशक घिमिरे

काठमाडौं : शंकर घिमिरेको निर्देशनमा तयार भएको सिनेमा ‘तेल भिसा’ प्रदर्शनको तयारिमा छ । सिनेमाको निर्माण टिमले आज सोमबार काठमाडौंका पत्रकार सम्मेलन राखिएको थियो । उक्त कार्यक्रममा बोल्दै निर्देशक घिमिरेले सिनेमाको नाम ‘तेल भिसा’ रमाइलो हिसाबले व्यंग्यात्मक नाम राखिएको बताएका छन् । 

धेरै कथा वास्तविक घटनामा आधारित रहेकोले सबै बाबुआमालाई तेल लगाउन मात्रै छोराछोरीले बिदेश बोलाउँदैनन् भन्ने उनको भनाई छ । साथै, विदेशी भूमिमा कानुन नबुझ्दा नेपालीले थुप्रै समस्या भोगिरहेको हुनाले त्यस्तै घटना सिनेमामा समेटिएको समेत उनले बताए छन् ।

सिनेमामा वर्षा राउत, बिपिन कार्की, ऋचा घिमिरे, बुद्धि तामाङ, पूजा चन्द, सुचित्रा उप्रेती, अमेरिकी कलाकारहरु फ्रान्सिस शेरमन, ज्याक बेल लगायतको पनि अभिनय छ ।

वेलडन क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमाकी प्रस्तुतकर्ता ऋचा घिमिरे हुन् । सिनेमाको निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन् भने प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता हुन् । सिनेमामा सुशन प्रजापतिको छायांकन छ ।