काठमाडौं : सफल जोडी ऋषि लामिछाने र मुनाल घिमिरे मिलेर सिनेमा निर्माण गर्ने भएका छन् । सामाजिक कथावस्तुसहितको कमेडी शैलीमा बनाउन लागेको ‘अनटाईटल’ सिनेमाको मुख्य भुमिकामा केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएको छ ।
सामिप्यराज तिमल्सिनाको स्क्रिप्ट लेखन रहेको यो सिनेमाबाट निर्देशक लामिछानेले ८ वर्षपछि कमब्याक गर्न लागेका हुन् भने ऋषि र मुनाल मिलेर यसअघि ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान श्रीमती’ जस्ता सुपरहिट सिनेमा निर्माण, निर्देशन गरीसकेका छन् ।