Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

रामजीको ‘लापत्ता सन्तान’ : बुढेसकालमा सन्तानबाटै वृद्धाश्रम पुगेकी आमाको कथा

काठमाडौं : रामजी ज्ञवालीको निर्देशनमा निर्माण भएको छोटो सिनेमा ‘लापत्ता सन्तान’ सार्वजनिक भएको छ । गत शुक्रबार २० मिनेट माथीको सिनेमा सामाजिक सञ्जाल युट्यबमा तिहारको अवसर पारेर सार्वजनिक गरिएको हो ।

आमाबुबाले सन्तानको भविष्य र खुसीका लागि गरेको संघर्ष र बुढेसकालमा सन्तानबाटै वृद्धाश्रम पुगेकी आमाको कथा सिनेमामा देखाइएको छ । सिनेमामा रश्मी भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट र मनिष पी निरौला लगायतका कलाकारको अभिनय रहेको छ ।

निरज कंडेलको डिओपी र नहकुल खड्काको सम्पादनमा तयार भएको सिनेमाको कलर संयोजन राजेन्द्र मोक्तानले गरेका हुन् ।