Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

वर्षाको सफलताको एक इटा ‘छक्का पन्जा ५’

काठमाडौं : भनिन्छ, नायिकालाई सफलताको स्वाद चाख्नु छ भने ‘छक्का पन्जा’ टिम सङ्ग जोडिन पर्छ । यसो हेर्दा हो जस्तो पनि लाग्छ । र यही शृङ्खलामा वर्षा सिवाकोटी पनि जोडिएर सफलताको स्वाद चाखेकी छिन् । अब्बल अभिनय मात्रैले पनि सिनेमाको सफलताको हिस्सा बन्न नपाईने झै देखिएको वर्षाको करियरमा धेरै कमाउने सिनेमको लिस्टमा ‘छक्का पन्जा ५’ सिनेमा शिर्ष स्थानमा रहेको छ ।

त्यसो त ‘पशुपती प्रसाद’ सिनेमामा बोल्दै नबोली धेरै दर्शकको मन जितेकी थिइन् भने उनी अभिनित सिनेमा ‘परदेशी २’को सफलता सङ्गै उनको कामको चौतर्फी चर्चा भएको थियो । हरेक जसो सिनेमामा वर्षाको अभिनयको तारिफ भने भै नै रहेको हुन्छ र, अहिलेको सफलताले त उनले आगामी दिनमा अझ राम्रा अवसर पाउने अपेक्षा सम्म गर्न सकिन्छ ।

उनको काम मात्र नभएर व्यवहार पनि लोभलाग्दो त त्यहा लाग्छ जहाँ उनी आफू प्रती आएका नकारात्मक टिप्पणीलाई समेत सहज रुपमा स्विकारेर अघि बढिरहेकी छन् । यसैले उनको सफलताको पहिलो कारण उनको सकारात्मक सोचलाई पनि लिन सकिन्छ ।

‘छक्का पन्जा ५’ सिनेमा चौथो हप्ता पुग्नै लाग्दा समेत हाउसफुल व्यापार गर्दै दर्शकको मनमा बस्न सफल भएको छ ।