Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

नेपाली र हिन्दी दुबै भाषामा एकै दिन रिलिज हुने सिनेमा ‘ह्रस्व दीर्घ’को विदेश राईट्स बिक्री

काठमाडौं : अभिनेत्री नीता ढुंगानाको लगानीमा निर्माण भएको सिनेमा ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली र हिन्दी भाषामा एकै दिन रिलिज हुने भएको छ । शुक्रबार निर्माण टिमले सेभेन सिज इन्टरटेनमेन्टलाई विदेश राईट्स बेच्दै सिनेमा नेपालमा कार्तिक ३० गते नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शन हुने जानकारी दिएको हो ।

सिनेमा विदेशमा भने एक हप्तापछि अर्थात् मंसिर ७ गतेबाट नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुने जानकारी निर्माण टिमले बताएको छ । सिनेमाको विदेश रिलिजको हिन्दी रिलिज अधिकार पनि सेभेन सिजले नै खरिद गरेको हो ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमामा बलिउडका सिनेमाटोग्राफर कवीरलालको छायांकन छ ।

सिनेमामा चन्द्र पन्तको निर्देशन छ । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।